रामकृष्ण ढकालको दुई भावुक स्टाटस, ‘अरुले जे भनुन्, हाम्रो सम्बन्ध कहिल्यै मर्दैन्’


१० पुष २०७६, बिहीबार
1577272129ramkrisha e1577339779404

काठमाडौं, १० पुष । पाश्र्वगायनमा लोकप्रिय गायक रामकृष्ण ढकाल र निलम शाहबीच डेढदशक अघि विवाह भएको थियो । सामान्य परिवारबाट आएका रामकृष्ण ढकाल र उच्च खानदानकी निलमबीच प्रेम सम्बन्धपछि विवाह गरेका थिए । उनीहरुको एक छोरी छिन् । छोरी रानी ढकाल पनि गायनमा सक्रिय छिन् ।  


उनीहरुले डेढ दशकको सम्बन्ध बुधबार जिल्ला अदालत काठमाडौंमा कानुनी रुपमा सम्बन्धविच्छेद गरे । सम्बन्ध विच्छेदपछि छोरी रानी ढकालको हेरचाह दुवै मिलेर गर्ने भएका छन् ।सम्बन्धविच्छेदका लागि निलमले अदालतमा निवेदन दायर गरेकी थिइन् ।

सम्बन्ध विच्छेदपछि गायक ढकालले पनि सामाजिक सन्जालमा निलमसँगको तस्वीर हाल्दै भावुक स्टाटस लेखे । उनले तीन वटा मायाका इमोजी समेत राख्दै कानुनीरुपमा विच्देछ भएपनि सम्बन्ध कहिल्यै नमर्ने बताए ।

उनले लेखेका छन्‘नो म्याटर वाट अदर से वायर बोन्ड नेभर डाइज’ जसको नेपालीमा अर्थ हुन्छ ‘अरुले जे भनुन्, हाम्रो बोन्ड कहिल्यै मर्दैन् ।’

यस्तै उनले (आज) बिहिबार पनि अर्को स्टाटस लेखेको छन् । उनले आफु भएको बोध हुन थालेदेखि नै गीत गाउन थालेको बताउँदै मिडियामा आएको समाचारले आफ्नो आलोचक र प्रंशसक कति रहेछन ? भन्ने कुरा थाहा पाएको बताएका छन् ।

उनले लेखेका छन्, ‘मैले आफुले आफ्नो बोध भए देखि नै गाउन थालेको हुँ। कति गाए त्यो अंकमा गनेको पनि छैन । जिवनको यो लामो अन्तरालमा मैले कति दर्शक र श्रोता कमाए भन्ने कुराको कहिल्यै लेखाजोखा गरिन तर समय यस्तो ठाउँमा आएर अडिदियो कि हिजो देखि नेपाली मिडियाले मेरो पारिवारिक विषयलाई शिर्ष समाचार बानाएदेखि मलाइ मेरा आफ्ना आलोचक र प्रसम्शक कति रहेछन भन्ने कुराको आभाष भएको छ। सम्पुर्ण दर्शक श्रोता प्रति सधै कृतज्ञ छु र रहिरहनेछु ।’

यस्तै उनले सम्बन्धविच्देछ पछि पनि पूर्वश्रीमती नीलम शाहलाई ‘मेरो जीवन संगिनी’ शब्दले सम्बोधन गर्दे नकारात्मक टिप्पणी नगरिदिनु अनुरोध गरेका छन ।

‘पछिल्लो समय जसरी मिडियामा म र मेरो जीवन संगिनीको सम्बन्ध विच्छेदलाई लिएर समाचारहरु बनेका छन ती सबै मेरो परिवारको आत्मसम्मान विपरीत छन त्यसैले समाचारलाई विश्वास गरि मेरो परिवार प्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनु हुन सबैमा अनुरोध गर्दछु ।’ उनले थप लेखेका छन्,‘विशेष गरि मेरी श्रीमती निलमलाई जोडेर एक महिला प्रतिको न्युनतम सम्मान समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोल्कल्पित भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने गरि प्रतिक्रिया दिनेहरुप्रति खेद प्रकट गद्र्छु ।’

अनत्यमा उनले उनीहरुको बीचको सम्बन्ध कस्तो रहेको हो भन्ने कुरा फेरी अन्योलता सिर्जना गरेको छ । उनले नेपाली गीत संगीत क्षेत्रमा अनवरतरुपमा हिडिरहने प्रेरणा, हौसला र हिम्मत दिने नीलम ढकाल हुन् भनेर लेखेका छन् । भने सम्बन्धमा कुनै चिसो आएको

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७