शिक्षामन्त्री पोखरेलले यसरी गरे सूर्यग्रहण अवलोकन (फोटो फिचर)


१० पुष २०७६, बिहीबार
surya 11

काठमाडौं, १० पुस । पौष कृष्ण औंसीका दिन आज खण्डग्रास सूर्यग्रहण सकिएको छ । यो ग्रहण विभिन्न देशमा फरक–फरक समयमा देखिएको थियो ।

नेपालमा भने बिहान ८ बजेर ४२ मिनेटदेखि ग्रहण शुरु भएको थियो । १० बजेर १ मिनेटमा मध्य भएको ग्रहण ११ बजेर ३१ मिनेटमा सकिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

सूर्य ग्रहणको कुल अवधि २ घण्टा ४९ मिनेट रहेको थियो । खण्डग्रास सूर्यग्रहण अवलोकन गर्न शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी विज्ञान संग्राहलय कीर्तिपुर पुगेका थिए ।

उनले खण्डग्रास सुर्यग्रहणको अवलोकन गर्दै आधुनिक विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले थप काम गर्ने बताए । खण्डग्रास सूर्यग्रहण हेर्न संग्राहलयमा सर्वसाधरण र खगोल शास्त्रका विद्यार्थीको भिड लागेको थियो । बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी विज्ञान संग्राहलयका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले सूर्यग्रहण महत्वपूर्ण खगोलिय घटना भएको बताए ।

पश्चिम दक्षिण अर्थात् नैऋत्य दिशाबाट शुरु भएको ग्रहण दक्षिण दिशाबाट मध्य भएर दक्षिण पूर्वको आग्नेय दिशाबाट समाप्त भएको थियो । आजको सूर्यग्रहण २०७६ सालको अन्तिम ग्रहण हो ।
योभन्दा पहिले यस वर्ष असार ३१ गते खण्डग्रास चन्द्रग्रहण लागेको थियो ।

खण्डग्रास सूर्यग्रहण नेपालबाट मात्र नभइ भारत, पाकिस्तान, श्रीलंका, मालदिभ्स, भुटान, चीन, म्यान्मार, अफगानिस्तान, लगायत एसिया महाद्वीपका साथै अरु देशहरु अफ्रिका तथा अष्ट्रेलियाबाट समेत देखिएको छ । ज्योतिष शास्त्रमा ग्रहणको समय अशुभ मानिन्छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ ।

हेर्नुस् तस्विरहरु

surya 10
surya 7
surya 6
surya 8
surya 3
surya 9
surya 5
surya 12
surya 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७