पार्टी गर्न पाइने बस अब नेपालमा, यस्तो छ बिशेषता


१० पुष २०७६, बिहीबार
1577345997bus

काठमाडौं, १० पुस । नेपालले ठूलो ‘पार्टी बस’ सञ्चालनमा ल्याउने भएको छ। 

पार्टी बसमा हाईफाई डिजे संगीत प्रणाली, सुविधा सम्पन्न बार, छुट्टै धुम्रपान क्याबिन, डान्स फ्लोर रहेको छ। कम्पनीले यस पार्टी बस प्रयोग गरे बापत विभिन्न शुल्क निर्धारण गरेको छ। हप अन पार्टी राइडको प्रति व्यक्ति १ हजार रुपैयाँ निर्धारण गरेको छ। 

यो बस जनावरी दोस्रो सातादेखि सञ्चालनमा ल्याइने सञ्चालक अशोक शर्माले जानकारी दिए ।pratybus

त्यस्तै, प्राइभेट पार्टीको ३ घण्टाको ३५ हजार रुपैयाँ र त्यसपछि प्रत्येक घण्टाको १० हजार रुपैयाँ, ६ घण्टाको प्राइभेट पार्टीको ५५ हजार रुपैयाँ र त्यसपछि प्रतिघण्टा १० हजार रुपैयाँ, १२ घण्टाको प्राइभेट पार्टीको लागि ८५ हजार रुपैयाँ र त्यसपछि प्रति घण्टा १० हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीको वेब साइटमा उल्लेख छ।

त्यस्तै, कम्पनीले एयरपोर्ट ल्याउन पुर्याउनको लागि ‘वान वे’को २० हजार रुपैयाँ र ल्याउने र पुर्याउनको लागि दुई तर्फी ३५ हजार रुपैयाँ निर्धारण गरेको छ। पार्टी बस नेपालले स्पेसल थिमको पार्टीको लागि प्रतिव्यक्ति १ हजार रुपैयाँ तोकेको छ। यसको क्षमता ३६ जनाको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७