सन्दीप आबद्ध टिम मेलबर्नको हार


११ पुष २०७६, शुक्रबार
Sandeep Lamichhane leaps into the arms of Glenn

काठमाडौं, ११ पुस । बिग ब्यास लिग क्रिकेटमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम मेलबर्न स्टार्सले पहिलो हार ब्यहोरेको छ।

शुक्रबार भएको आफ्नो तेस्रो खेलमा मेलबर्न एडलाइड स्ट्राइकर्ससँग ५ रनको झिँनो अन्तरले पराजित भएको हो। १७५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६९ रन मात्रै बनाउन सक्यो।

मेलबर्नका लागि कप्तान ग्लेन म्याक्श्वेलले २५ बलमा ४३ रन बनाएपनि जित दिलाउन सकेनन्। त्यस्तै, पिटर ह्यान्डसकोम्बले ३४ र मार्कुस स्टोनिइसले ३३ रन बनाए। लिङतर्फ स्ट्राइकर्सका पिटर सिडलले ३ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्ट्राइकर्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७४ रन बनाएको थियो। स्ट्राइकर्सका लागि जोनाथन वेलसले अविजित ६८ र कप्तान एलेक्स क्यारीले ४५ रन बनाए।बलिङतर्फ सन्दीप, एडम जाम्पा, डेल स्टेयन र ड्यानियल वारलले समान १–१ विकेट लिए।मेलबर्नको यो पहिलो हार हो। यसअघि मेलबर्नले होबर्ट हुरिकेन्सलाई ५२ र ब्रिसबेन हिटलाई २२ रनले पराजित गरेको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७