किमलाई ट्रम्पको उत्तर: तिम्रो भन्दा शक्तिशाली परमाणुको स्वीच मसँग छ


१९ पुष २०७४, बुधबार
trump congress ap er

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रप र उत्तर कोरियाका शासक किम जोङ उनबीच बाक युद्ध सुरु भएको छ । केही दिन अगाडी किमले अमेरिकालाई चेतावनी दिँदै परमाणु लन्च गर्ने स्वीच आफूसँग भएको बताका थिए । त्यसको उत्तर अमेरिकी राष्ट्रपति ट्रम्पले पनि २ दिन नबित्दै ट्वीटर मार्फत दिएका छन् । उनले भनेको छ ‘किम जोङलाई कसैले भनोस् कि एक परमाणु स्वीच मसँग पनि छ । र मेरो बालाले काम पनि गर्छ ।’

trump congress ap er
ट्रम्पले उत्तर कोरियालाई धम्की मात्रै दिएका छैनन् । उनले उत्तर कोरियाको परमाणु भन्दा आफ्नो निक्कै ठुलो रहेको दाबी समेत गरेको छ । उनले उत्तर कोरिया गरिब, कमजोर र खानाको लागि सङ्घर्ष गरिरहेको बताएका छन् । उनले भनेको छ, ‘उत्तर कोरियाका नेता किम जोङ उनले भनेछन् कि उनको डेस्कमा सधैँ एक न्यूक्लियर बटन हुन्छ । उनको कमजोर र खानाका लागि संघर्षरत साम्राज्यबाट कसैले उनलाई बताओस् कि मसँग पनि एक परमाणु बटन छ, जुन उनको भन्दा निकै ठुलो र शक्तिशाली छ । साथै मेरो परमाणु बटमले काम पनि गर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७