चितवन राइनोजलाई पीपीएलको उपाधी


१२ पुष २०७६, शनिबार
PPL dhangadhi vs chitwan 20181031064724 1

काठमाडौं, १२ पुस : पोखरा प्रिमियर लिग (पीपीएल)को उपाधि चितवन राइनोजलेहात परेको छ । विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै उपाधि हात पारेको हो ।

चितवनले दिएको २०३ रनको विजय लक्ष्य विराटनगरले भेट्न सकेनन् विराटनगरले पुरै २० ओभर खेल्दा सात विकेटको क्षतिमा १७० रनमात्र बनाउन सक्यो । चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०२ रन बनाएको थियो ।

चितवनले दिएको २०३ रनको विशाल लक्ष पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन मात्र जोडेका थिए । विराटनगरले सुरुवाती चरणमा नै बलियो प्रस्तुत गर्न सकेका थिएन । विराटनगरका लागि ओपनर सुनिल धमला मात्र ४ रन र लोकेश बम एक रनमा नै पेविलियन फर्केका थिए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका नुमान खान र मोहम्मद दैज आलमले ५३ रनको साझेदारी गरेका थिए ।

भने, खान पनि १८ रनमा आउट भए । त्यसपछि कप्तान प्रदीप ऐरीले पनि आक्रामक पारी खेल्दै ४१ रनको साझेदारी गरे । आलम ५७ रनमा आउट भए । ४८ बलको सामना गरेका उनले पाँच चौका र तीन छक्का हाने । छैटौँ नम्बरमा आएका पुनीत मेहरा र प्रदीप क्रिजमा रहँदासम्म विराटनगरको जितको आस कायमै थियो । दुवैले ठुलो सर्ट खेलिरहेका थिए ।

कप्तान ऐरीसँग ४७ रनको साझेदारी गरेका मेहरा १८ औँ ओभरका पाँचौँ बलमा आउट भएपछि भने चितवनको जित निश्चित बनेको थियो । मेहरा ३२ र ऐरी ३६ रनमा आउट भए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७