सागका पदक विजेता कराते खेलाडी सम्मानित


१२ पुष २०७६, शनिबार
karate 1

काठमाडौं, १२ पुस । शंखडोल शाखा डोजो र भगवतीव युवा क्लबले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेमा पदक जित्न सफल सबै खेलाडीलाई शनिबार सम्मान गरेको छ ।
करातेमा नेपालले १० स्वर्ण, ४ रजत र ५ कांस्य जितेको थियो । सोही अवसरमा सागका प्रशिक्षक, व्यवस्थापक र नेपाली निर्णायकहरुलाई पनि सम्मान गरेको हो ।
संघीय सांसद कृष्ण राई, शंखडोल शाखा डोजोका प्रमुख शिवराम कारन्जितले उनीहरुलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । शंखडोल डोजोमा सागमा सहभागी नेपाली खेलाडीहरुले केहि समय प्रशिक्षण गरेका थिए । सोही डोजोमा भुटान, पाकिस्तान र श्रीलंकाका खेलाडीले पनि अभ्यास गरेको प्रमुख कारन्जितले जानकारी दिए ।

nepal karate champions f scaled
पदक जित्ने खेलाडीहरु

स्वर्ण
१। एकल काता – मण्डेकाजी श्रेष्ठ

२। टिम काता – पुरुष – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

३। टिम काता – महिला– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

४। पुरुष ५५ केजी – लक्ष्मण तामाङ

५। पुरुष ८४ केजीमाथि –विप्लवलाल श्रेष्ठ

६। महिला ४५ केजी मुन – कुसुम खड्का

७। महिला ५० केजी मूनि – अनु अधिकारी

८। पुरुष ६७ केजी नवीन रसाइली

९। महिला ६८ केजी – सुनिता महर्जन

१०। महिला ६८ केजी – अनुपमा मगर

रजत पदक

१। महिला एकल काता – चन्चला दनुवार

२। पुरुष ८४ केजी मूनि – दिवस श्रेष्ठ

३। महिला ६१ केजी – अनु गुरुङ

४। पुरुष ७५ केजी– गंगाराम कुशवा

कास्य पदक

१। मनिषा चौधरी

२। राजीव पुडासैनी

३। सोनाम लामा

४। महिला टिम कुमुते
सानी तामाङ, एस्टर राई, रिता कार्की

५। पुरुष टिम कुमुते
मुुकुन्द्र महर्जन, राज कुमार रसाइली र अर्जुन कुमार बाघचन्द

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७