नेविसंघद्वारा उपकुलपतिको कार्यकक्ष तोडफोड


१३ पुष २०७६, आईतवार
nebi

काठमाडौं, १३ पुस । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा तोडफोड गरेको छ ।

राजनीतिक नियुक्तिको आधारमा असक्षम व्यक्तिलाई रजिष्ट्रार नियुक्त गरेको भन्दै नेविसंघले आइतबार उपकुलपति कार्यालय तोडफोड गरेका हुन् । उपकुलपति बाँस्कोटाको सिफारिसमा गत शुक्रबार कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले रजिष्ट्रारमा प्रा.डा. पेशल दाहाललाई नियुक्त गरेका थिए ।

नेविसंघ त्रिवि समितिका सचिव योगेन्द्र रावलले अयोग्य व्यक्तिलाई रजिष्ट्रार नियुक्त गरेपछि बाध्य भएर विरोध गर्नुपरेको बताएका छन् । त्रिवि परिसरभित्रै प्रहरी चौकी राखिएकोमा समेत नेविसंघले विरोध जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७