त्रिवि र केयूको एमबिबिएस छात्रवृत्तिका लागि २३२ जनाको नाम पूर्व मनोनयनमा (नामावलीसहित)


१३ पुष २०७६, आईतवार
education ministry

काठमाडौं, १३ पुस । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन र काठमाडौं विश्वविद्यालय अन्तर्गतका मेडिकल कलेजमा छात्रवृत्तिमा नाम निकाल्न सफल भएका विद्यार्थीहरुको पूर्व मनोनयन सूची सार्वजनिक गरेको छ ।

मन्त्रालयले त्रिवि अन्तर्गत १२३ र केयू अन्तर्गत १०९ जना गरी २३२ जनाको पूर्व मनोनयन सूची सार्वजनिक गरेको हो ।

चिकित्सा शिक्षा ऐन अनुसार सरकारी मेडिकल कलेजले कुल विद्यार्थी कोटामध्ये ७५ प्रतिशत, स्वदेशी लगानीका निजी मेडिकल कलेजमा १० र विदेशी लगानीका मेडिकल कलेजमा २० प्रतिशत कोटा छात्रवृत्तिका लागि छुट्याउनु पर्ने व्यवस्था छ ।

सोही अनुसार शिक्षा मन्त्रालयले छात्रवृत्तिमा अध्ययन गर्न पाउने विद्यार्थीको नामावली सार्वजनिक गरेको हो ।
त्रिवि अन्तर्गतका कलेजमा नाम निकाल्नेको सूची

केयु अन्तर्गतका कलेजमा नाम निकाल्नेको सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७