२०१७ मा सर्वाधिक पैसा कमाउने विश्वका यी हुन् दस फिल्म


१९ पुष २०७४, बुधबार
beauty and the beast1 24032017101157
BEAUTY AND THE BEAST

एजेन्सी : सन् २०१७ मा विश्वभर निर्माण भएका सिनेमामध्ये सबैभन्दा धेरै व्यापार गर्ने दस सिनेमाहरू यस प्रकार रहेका छन् ।

beauty and the beast1 24032017101157
BEAUTY AND THE BEAST

ब्युटी एन्ड द बिस्ट

यो वर्षको सबैभन्दा धेरै कमाइ गर्ने सिनेमा बन्यो ‘ब्युटी एन्ड दी बिस्ट’ । विश्वभर चार हजार दुई सय १० पर्दामा रिलिज भएको यो सिनेमाले एक बिलियन दुई सय ६३ मिलियन डलर ग्रस कलेक्सन गर्‍यो । बिल कन्डनले निर्देशन गरेको सिनेमा एक सय ६० मिलियन डलरको लागतमा बनेको थियो ।

दी फेट अफ दी फ्युरिएस

सर्वाधिक कलेक्सन गर्ने दोस्रो सिनेमा बन्यो ‘दी फेट अफ दी फ्युरिएस’ । यो सिनेमाले एक बिलियन दुई सय ३५ मिलियन डलर कमाइ गर्‍यो । एफ, ग्यारी ग्रेको निर्देशनमा बनेको सिनेमा दुई सय ५० मिलियन डलरमा निर्माण भएको हो ।

स्टार वार्स स् दी लास्ट जेडी

वर्षको अन्त्यमा रिलिज भएको ‘स्टार वार्स स् दी लास्ट जेडी’ ले अहिले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ । सिनेमाले तेस्रो सातासम्म एक बिलियन ५६ मिलियन डलर कलेक्सन गरेको छ । रियन जोनसनले निर्देशन गरेको सिनेमाले नयाँ वर्षमा पनि कमाइ जारी राखेको छ । अहिलेसम्म यो पहिलो नम्बरको ‘ब्युटी एन्ड दी बिस्ट’ भन्दा दुई सय सात मिलियनपछि छ । दुई सय मिलियन डलरमा यो चलचित्र निर्माण भएको हो ।

डिस्पेकेबल मी ३

चौथो नम्बरमा रहेको ‘डिस्पेकेबल मी ३’ ले एक बिलियन ३१ मिलियन डलर कलेक्सन गरेको छ । क्येल बाल्डा, पियर कफिन र एरिक गिलेन संयुक्त रूपमा निर्देशन गरेको सिनेमा ८० मिलियन डलरमा निर्माण भएको हो ।

स्पाइडर म्यान , होमकमिङ

सन् २०१७ मा रिलिज भएका सिनेमामध्ये आठ सय ८० मिलियन डलर कलेक्सन गर्दै ‘स्पाइडर म्यान स् होमकमिङ’ पाँचौं नम्बरमा परेको छ । जोन वाट्सले निर्देशन गरेको यो सिनेमा एक सय ७५ मिलियन डलरको लागतमा निर्माण भएको हो ।

उल्फ वारियर–२

सन् २०१७ को जुलाई अन्तिममा रिलिज भएको चाइनिज सिनेमा ‘उल्फ वारियर २’ आठ सय ७० मिलियन डलर कमाउँदै छैटौं नम्बरमा परेको छ । यो सिनेमा बजेट ३० दशमलव एक मिलियन डलरको लागतमा निर्माण भएको हो ।

गार्डिइन्स अफ दी ग्यालेक्सी भोल्युम–२

मे ५ मा रिलिज भएको ‘गार्डिइन्स अफ दी ग्यालेक्सी भोल्युम–२’ ले आठ सय ३० मिलियन डलर कमायो । दुई सय मिलियन डलरमा निर्माण भएको यो सिनेमाका निर्देशक जेम्स गन हुन् ।

थोर स् रग्नारक

सर्वाधिक कमाइको आठौं नम्बरमा ‘थोर स् रग्नारक’ परेको छ । यो सिनेमाले आठ सय ४८ मिलियन डलर कलेक्सन गरेको छ । एक सय ८० मिलियन डलरमा निर्माण भएको सिनेमालाई तैका वाइटिटीले निर्देशन गरेका हुन् । यो चलचित्र अहिले पनि चलिरहेको छ ।

वन्डर उमन

कमाइको नवौं नम्बरमा एक सय ४९ मिलियन डलरको लागतमा बनेको ‘वन्डर उमन’ छ । प्याटी ज्यान्किसले निर्देशन गरेको सिनेमाले विश्वभरबाट ८ सय २१ मिलियन डलर कमाएको छ ।

‘पाइराइट्स अफ दी क्यारेबियन स् डेड मेन टेल नो टेल्स

सर्वाधिक कमाइको दसौं नम्बरमा सात सय ९४ मिलियन डलर कमाउँदै ‘पाइराइट्स अफ दी क्यारेबियन स् डेड मेन टेल नो टेल्स’ परेको छ । दुई सय ३० मिलियन डलरमा निर्माण भएको यो सिनेमा जोकिम रोनिङ र एसपेन स्यानबर्गले संयुक्त रूपमा निर्देशन गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७