एनआरटीविरुद्ध मच्छिन्द्रको कठिन जीत


१४ पुष २०७६, सोमबार
Mavhindra

काठमाडौं, १४ पुस । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत चौथो चरणको पहिलो खेलमा मच्छिन्द्र क्लबले न्युरोड टिम (एनआरटी) लाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेलमैदानमा आज भएको खेलमा मच्छिन्द्रले एनआरटीलाई १–० गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको हो ।

मच्छिन्द्रको जीतमा विदेशी खेलाडी एडिलाजा सोमिडेले निर्णायक गोल गरे । उनले खेलको ९० औं मिनेटमा विजय धिमालको पासमा हेड गोल गरेका थिए । मच्छिन्द्रले चार खेलमा ९ अङ्क जोडेको छ । समान ९ अङ्क नै जोडेको मनाङ मस्र्याङ्दी क्लब गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७