हुन्डाई ‘भेन्यु डिजिटल अभियान’का विजेताहरुको नाम घोषणा


१४ पुष २०७६, सोमबार
Photo for PR

काठमाडौं,१४ पुस । नेपालका लागि हुन्डाई अटोमोवाइलको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आयोजना गरेको हुन्डाई भेन्यु डिजिटिल अभियानको भाग्यशाली विजेताहरुको नाम घोषणा गरेको छ ।

लक्की ड्र मार्फत छानिएका दुई भाग्यशाली विजेता मध्ये करिम खानले धुलिखेलको डोमेस्टिक ट्रिप र बलराम विष्टले थाइल्याण्डको इन्टरनेसनल ट्रिपको प्याकेज जितेका छन् ।  हुन्डाई भेन्युको प्रवर्धनको लागि आयोजना गरिएको अभियानमा ‘स्पट दि भेन्यु’ र ‘टेष्ट ड्राइभ भेन्यु एण्ड वीन’ दुई प्रतियोगिताहरु मध्ये ‘स्पट दि भेन्यु’ मा १०६ प्रतियोगिहरु र ‘टेष्ट ड्राइभ भेन्यु एण्ड वीन’ मा ७१६ प्रतियोगिहरुले सहभागिता जनाएका थिए । अत्याधिक प्रतिक्रिया प्राप्त गरिएको अभियानका विजेताहरु लक्की–ड्र बाट छानिएको हो ।


स्पट भेन्यु एक खुला प्रतियोगिता थियो जसमा कुनै पनि व्यक्तिले हुन्डाई भेन्युका साथमा आफ्नो तस्विर लिई फेसबुकमा पब्लिक बनाई पोष्ट गर्नु पर्ने थियो । टेष्ट ड्राइभ भेन्यु एण्ड वीन प्रतियोगिता अन्तर्गत प्रतियोगिहरुले नेपाल भरि रहेको कुनै पनि हुन्डाईको शोरुममा गई टेष्ट ड्राइभ गरेर सहभागिता जनाएका थिए । सबै प्रतियोगी मध्ये बसन्त कुमार श्रेष्ठ, सुमन राज रिजाल र ईन्द्र बहादुर सुनुवार तीन भाग्यशाली विजेता बन्न सफल भए । बिजेताहरुले आफ्ना जोडिका लागि पोखरा÷चितवन÷नगरकोट÷धुलिखेलमा डोमेस्टिक ट्रिप जितेका छन् ।

हुन्डाई भेन्युको २२ अगस्ट २०१९ मा नेपालमा भव्यताका साथ विक्री वितरण सुरु गरिएको थियो । सुरुवातकै छोटो अवधिमा हुन्डाई भेन्युले अटोमोवाइल बजारमा आफ्नो वर्चस्व कायम गरेको छ ।

अटोमोवईल बजारमा निकै राम्रो पकड भएको हुन्डाई भेन्युले हालै आयोजित आई।सी।ओ।टी।वाई २०२० अन्तर्गत भारतीय कार अफ दि ईयर अवार्ड पनि प्राप्त गरेको छ । यस विधामा पुरष्कृत हुने भेन्यु हुन्डाईको छैटौं मोडेल बन्न पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७