प्रहरी अस्पतालकी आशा सिंह एआईजीमा बढुवा सिफारिस


१४ पुष २०७६, सोमबार
157771327580725258 1024681981280838 5881

काठमाडौं, १४ पुस । नेपाल प्रहरी अस्पताल महाराजगञ्जको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा डा.आशा सिंहलाई बढुवाका लागि सिफारिस गरिएको छ ।

प्राविधिक प्रहरी समूहअन्तर्गत स्वास्थ्य उप–समूहतर्फ रिक्त रहेको एआईजी पदमा डीआईजीका रूपमा सेवारत डा। सिंहलाई बढुवाका लागि सिफारिस गरिएको हो ।

रिक्त रहेको पदका लागि सर्वेन्द्र खनाल सदस्य–सचिव रहेको बढुवा समितिले डा। सिंहलाई एआईजीका लागि लोक सेवा आयोगको बढुवा तथा विभागीय परामर्श शाखालाई सिफारिस गरेको हो । गृहसचिव प्रेमकुमार राईको अध्यक्षतामा सोमबार बसेको बढुवा समितिको बैठकले सिंहलाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि ३ पुसमा प्रहरी अस्पतालकी प्रमुख डा। दुर्गा थापाले अवकाश पाएकी थिइन् । त्यसयता प्राविधिक एआईजीको पद रिक्त थियो । अस्पतालको नेतृत्वका लागि डा। सिंहसहित डीआईजी मिनराज पाठक र डा. सुमनराज श्रेष्ठ प्रतिस्पर्धामा थिए ।

81332467 518071612249336 7698318927746564096 n 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७