नेपाल नागरिक उड्डयन विधयेक कुनै पनि हालतमा रोकिन्दैन् : मन्त्री भट्टराई


१५ पुष २०७६, मंगलवार
yogesh bhattarai paryetan mantri.00 07 10 16.Still001

काठमाडौं, १५ पुुष । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल नागरिक उड्डयन विधयेक कनै पनि हालतमा नरोकिने स्पष्ट पारेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको २१ औं वार्षिकोत्सवका अवसरमा मंगलबार काठमााडौंमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले यो विधयेक अघि बढ्ने बताएको हो । प्राधिकरणलाई नियामक र सेवा प्रदायक छुट्टाछुट्टै निकाय बनाउने प्रस्तावको मस्यौदा हाल मन्त्रीपरिषद्माा छ । भट्टराईले सार्वजनिक सम्पत्तिमा क्षति हुने गरी कुनै गतिविधि भए त्यसमा संलग्नबाटै क्षतिपूर्ति भराइने चेतावनी समेत दिए।

कार्यक्रममा प्राधिकरण कर्मचारी युनियन, आधिकारिक ट्रेड युनियनका प्रतिनिधिले प्राधिकरण विभाजन गर्ने निर्णयविरुद्ध कर्मचारीले आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

जवाफमा मन्त्री भट्टराईले त्यस्ता आन्दोलनबाट क्षति भए संलग्नबाटै क्षतिपूर्ति भराइने चेतावनी दिए । अहिलेसम्म कर्मचारीको प्राधिकरण फुटाउन नहुने मतबाट आफू कन्भिस नभएको र कन्भिन्स गरे विधेयक रोक्ने मन्त्री भट्टराईले बताए ।

मन्त्री भट्टराईले क्षतिपूर्ति भराउने नीति कार्यान्वयनमा आएको स्मरण गराउँदै विकास र सिर्जनामा लाग्न निर्देशन पनि दिए । उनले प्राधिकरणमा काम गर्ने कर्मचारीको विपरित कुनै कदम सरकारले नचाल्ने जिकिर गरे । 

प्राधिकरणमा आधिकारिक कर्मचारी युनियनका अध्यक्ष श्रवणकुमार यादवले संस्थालाई कुनै पनि हालतमा टुक्रिन नदिने चेतावनी दिए ।

त्यस्तै प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बिमानस्थल सुधारदेखि पर्यटन भ्रमण बर्षसम्मको तयारीका बारेमा कार्यक्रममा जानकारी गराएको थियो भने पर्यटनमन्त्री भट्टराईले प्राधिकरणको बार्षिक बुलेटिन बिमोचन गरे।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७