हनिमुन मनाउन गएका विराट र अनुष्का ५० प्रतिशत डिस्काउन्ट मेलामा


१९ पुष २०७४, बुधबार
fffff

काठमाडौं: केही समय अगाडी विवाह बन्धनमा बाँधिएका नव जोडी बिराट कोहली र अनुष्का शर्मा भारतीय सञ्चार माध्यममा मात्रै चर्चामा सीमित रहेन् । उनीहरूले हनिमुन मनाउन गएको तस्बिर समेतले निक्कै चर्चा पाएको थियो ।

fffff
हाल सालै हनिमुनका लागि दक्षिण अफ्रिका पुगेका दुईको तस्बिर निक्कै भाइरल बनेको छ । तस्बिरमा अनुष्का र विराट किनमेल गरिरहेको देखिन्छ । किनमेल गर्नु त नौलो भएन । तर, उनीहरूले ५० प्रतिशत डिस्काउन्ट खोज्दै त्यहाँ पुगेका देखिन्छ । ५० प्रतिशतसम्म डिस्काउन्टको सेल बजारमा विराट र अनुष्का देखिएका हुन् । विराटले झोलामा केही सामाग्री झुन्ड्याएका छन् ।
तस्बिर हेर्दा लाग्थ्यो, नयाँ वर्षको मुडमा उनीहरू मस्ती गरिरहेका छन् । उनीहरूको यस्तो तस्बिर सार्वजनिक भएपछि उडाउनेहरुको जमात कम्ता छैन, सोशल मिडियामा । उनीहरू दुवै करोडौं कमाई गर्छन्, तैपनि डिस्काउन्ट खोज्दै हिँडेका छन् भन्ने आशयको टिप्पणीसहित उनीहरूलाई उडाइएको हो ।
तस्बिरमा विराट र अनुष्कासँगै शिखर धवनकी पत्नी आयशा पनि देखिन्छ । त्यसो त विराट त्यहाँ टिम इन्डियाका सदस्यसँगै पुगेका हुन् । उनीहरू ५ जनवरीदेखि टेस्ट सिरिज पनि खेल्दैछन् । यसै मेसोमा विराट, धवन, भूवनेश्वर सहित इन्डियन क्रिकेटर्सका पत्नी पनि त्यहाँ घुमघाम गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७