कास्कीको छोम्रोंगबाट कुमारी बैंकको शाखा रहित बैंकिङ्ग सेवा सुरु


१५ पुष २०७६, मंगलवार
1577795871PR BLB Chhomrong photo

काठमाडौं, १५ पुष । कुमारी बैंकले कास्कीको छोम्रोंगबाट शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको छ। तमु ल्होसारको अवसरमा मंगलबार उक्त शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले गरे।

उद्घाटन समारोहमा शाखा रहित बैंकिङ्ग सेवाका अभिकर्ता मिकाश गुरुङ्ग, गण्डकी प्रदेशका सांसद राजिव पहारी, अन्य अधिकारीहरु तथा स्थानीय वासिन्दा एवं व्यवसायिक प्रतिनिधिहरूको माझ सम्पन्न भएको हो।

बैंकले ग्राहकको माग तथा आसन्न नेपाल भ्रमण वर्ष २०२० लाई ध्यानमा राखी शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको बिरौटा शाखाका शाखा प्रबन्धक महेश ढुंगानाले बताए। बैंकले यसअघि नै अन्नपूर्ण बेसक्याम्प भ्रमण गर्ने पर्यटकको सुविधालाई मध्यनजर गर्दै त्यस क्षेत्रका विभिन्न होटेलमा १५ थान पिओएस मेसिन पनि जडान गरिसकेको छ।

विगत १९ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिर्दै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका ११९ शाखा संजाल, ११५ एटिएम, ५ एक्सटेन्सन काउन्टर तथा २१ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवा दिदै जाने बताएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७