एलिशा राईलार्इ ‘मिस राई–२०१७’को उपाधि


२ भाद्र २०७४, शुक्रबार
Miss Rai 2017 winner Alisha Rai

Miss Rai 2017 winner Alisha Rai

काठमाडौँ : सिटिभी मोबाइल ‘मिस राई–२०१७’को उपाधि एलिशा राईले जितेकी छिन् । काठमाडौको जमल स्थित ‘राष्ट्रिय नाचघर’मा भएको फाइनल कार्यक्रममा ११ प्रतिस्पर्धीलाई उछिन्दै एलिसाले यस वर्षकाे मिस राई ताज पहिरिएकी हुन् ।

कार्यक्रमका प्रमुख निर्णायक रिनेशा राईले सोधेको ‘आज यदि भगवान् सँग बरदान माग्नु पर्‍यो भने के माग्नु हुन्छ ? र किन ?’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै एलिशा राईले उपाधि जितिन् । पाचौ संस्करणकी विजेता एलिशाले ताज, ट्रफी र यामाहाको फेसिनो स्कुटर समेत पाइन् । उनलाई मिस राई २०१६की विजेता एलिसा रार्इले ताज पहिर्याइदिइन् ।

त्यस्तै इसारा राई फष्ट रनरअपको ताज आफ्नो शिरमा पार्न सफल भइन् । भने अस्मिता राईले सेकेन्ड रनरअप र रोजि राईले थर्ड रनरअपको उपाधि जितिन् ।

प्रतियाेगितमा चर्चित कोरियोग्राफर रिनेशा राई, समाजसेवी दिपिप रुङमाङ, विजनेशम्यान निराजन सिंह, गायिका पार्वती राई, गायक अशोक मुकारुङले निर्णायक रहेका थिए । कार्यक्रमको व्यवस्थापन प्राज्ञ सङ्गीतकार शान्तीराम राई र युवा विजनेशम्यान अलाइभ ग्लाइडरले गरेका थिए ।

विजेताहरुलाई ताज, ट्रफी, प्रमाणपत्र आयोजक संस्थाका अध्यक्ष अर्पन राई, जजहरु, प्राज्ञ सङ्गीतकार शान्तीराम राई र युवा विजनेशम्यान अलाइभ ग्लाइडर लगायतले वितरण गरेका थिए । सिटिभी मोबाइल ‘मिस राई–२०१७’ कोरियोग्राफ किरात बीन्द्रले गरेका थिए ।

प्रतियाेगिता किरात राई मौलिक कला संस्कृति केन्द्रले किरात समुदायका युवतीहरुको किरात मौलिक संस्कृति सम्बन्धी अध्ययन तथा क्षमता अभिवृद्वि, व्यक्तित्व विकास गर्नका लागी आयोजना गरिदै अाएकाे छ ।

कार्यक्रम चर्चित गायक राजेश पायल राई, रुपकुमार राई, पार्वती राई, सन्तोष दुमी राई, विक्रम राई, देबेश राई लगायतले सांगतिक प्रस्तुति दिएका थिए ।

‘मिस राई–२०१७’को सब टाइटलहरु
मिस राई–२०१७ : एलिसा रार्इ
फस्ट रर्नर अप : इशारा राई
सेकेण्ड रर्नर अप : अस्मिता रार्इ
थर्ड रनरअप : रोजि राई
मिस ट्यालेन्ट : शर्मिला राईले
बेस्ट फोटोजेनिक र भिवर च्वाइज अवार्ड : रजनी राई
बेस्ट फ्रेण्डशिप : एलिशा राई
बेस्ट स्माइल : एलिना राई
बेस्ट वल्क : अस्मिता राई
मोस्ट पंचुआलिटि : कमला राई
बेस्ट डिसिप्लेन : संगीता राई
बेस्ट कल्चर र ड्रेस : प्रतिमा राई
बेस्ट हेयर : रेश्मा राई
बेस्ट फिगर : रोजी राई
बेस्ट पर्सानालिटि : इशारा राई
मिस पपुलर : सम्झना राई

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७