तस्बिरमा भ्रमण वर्ष-२०२० को भव्य उद्घाटन


१६ पुष २०७६, बुधबार
visit nepal 2020 4 1 scaled

काठमाडौं, १६ पुस :  ‘नेपाल भ्रमण वर्ष–२०२०’ औपचारिक रुपमा सुरु भएको छ।राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रङ्गशालामा आयोजित भव्य समारोहबीच भ्रमण वर्षको सुरुवात गरेकी हुन् ।

अंग्रेजी नयाँ वर्षको पहिलो दिन समेत भएकोले यो अवसरमा देशैभर आन्तारिक तथा बाहिरी पर्यटकहरुका लागि विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् ।  २० लाख पर्यटक भित्र्याउने  लक्ष्यसहितको ‘भिजिट नेपाल २०२०’ बुधबारदेखि सुरु भएको हो।
फोटोफिचर :-

visite nepal 2020 scaled

सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने र अवको १० वर्षलाई पर्यटन अभियानको रुपमा अगाडी बढाउने आधार वर्षको रुपमा वर्ष २०२० लाई लिएको छ ।

visit nepal 2020 2 scaled

भ्रमण वर्षको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पर्यटनलाई आर्थिक समृद्धिको रुपमा अंगिकार गरी भ्रमण वर्ष राष्ट्रिय अभियानको रुपमा सञ्चालन गरिएको भन्दै यसलाई सबैको सहयोगमा महाअभियानको रुपमा लिनुपर्ने बताइन् ।

visi nepal 2020 scaled


त्यसका लागि सबै नेपाली एकजुट हुनुपर्ने उनले बताइन् । उनले पर्यटन क्षेत्रको विकासका लागि योजनावद्ध कार्यक्रमहरु ल्याउन नसके सम्भव नहुने बताइन् । सांस्कृतिक तथा प्राकृतिक हिसाबले विविधिकरण भएकाले सबैखालका पर्यटकलाई आकर्षित गर्न सकिने उनले बताइन् । उनले संसारकै उत्कृष्ट गन्तव्य सगरमाथा, गौतमबुद्धको जन्मस्थल लुम्बिनी, चितवन, अन्नपूर्ण लागयतका उत्कृष्ट पर्यटकीय गन्तव्य रहेकोले नेपालको भ्रमण गर्न आग्रह गरिन् ।

tourism 27

राष्ट्रपति भण्डारीले प्रकृतिलाई विगारेर नभई सिंगारेर पर्यटकलाई आकर्षित गर्नुपर्ने बताइन् ।

Fsdf scaledपर्यटन वर्षको अभियानले विश्वमा मानवता भातृत्व तथा शान्तिप्रतिको प्रतिवद्धता उजागर गर्ने उद्देश्य राखेको समेत उनले बताइन् । visti 2020 scaledत्यस्तै शुभारम्भ कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले समृद्ध नेपाल शुखि नेपालीको आधार नै भ्रमण वर्ष रहेको बताए ।

उनले नेपाल संसारकै एक अद्धितिय प्राकृतिक सम्पदा भएको मुलुक भएकाले भ्रमण गर्न आउन विश्व समुदायलाई आग्रह गरे ।सांस्कृतिक सुन्दरता, धार्मिक केन्द्रहरुको लागि नेपाल आउने सबै सिजनमा नेपाल भ्रमण गर्न सकिने मन्त्री भट्टराईले बताए ।

SRB Dhandhadi 3

 

visit nepal 2020 3
विश्वका सबैभन्दा बढी उचाई भएका हिमालहरु नेपालमा रहेको गौतमबुद्धको जन्मस्थल, विभिन्न धार्मिक मठमन्दीरहरु, विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरु हेर्न पनि नेपाल आउनुपर्ने बताए ।

bidhay devi bandari scaledऔपचारिक उद्घाटनअघि विभिन्न संस्कृतिक पक्ष झल्काउने र्याली निकालिएको थियो भने रंगशालामा पनि आकर्षक प्रस्तुति दिइएको थियो ।visit nepal 2020 9 scaled

visit nepal 2020 33 1 scaled

visit nepal 2020 6 scaled
 
visit nepal 2020 8 scaled
 

xvv c scaled visit nepal 2020 scaled visit nepal 2020 d scaled

tourism 22
 
tourism 10
 

tourism 8

tourism 4
 
tourism 5
 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७