एसपी मल्ललाई १२ घण्टाभित्र जिल्ला छाड्न प्रदेश प्रहरीको निर्देशन


१७ पुष २०७६, बिहीबार
dan malla

चितवन, १७ पुस । सरुवा भएको दुई हप्ता बितिसक्दा समेत चितवनका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले जिल्ला छाड्न अटेर गरेपछि प्रदेश प्रहरीले १२ घण्टे अल्टिमेटम दिएको छ ।

सरुवा भइसकेका एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र बुझबुझारथ गर्दै जिल्ला छाड्न प्रदेश–३ प्रहरी कार्यालयले निर्देशन दिएको हो । तर, प्रदेशले बुधबार दिएको गोप्य सर्कुलर पत्र नै एसपी मल्लले बिहीबार सुरक्षाकर्मीहरुको सामुहिक सामाजिक सञ्जाल हालेका छन् ।

leet

प्रदेश प्रहरीका एसपी अरुण पौडेलले हस्ताक्षर गरेको पत्र संख्या नम्बर ८१०४ रहेको पत्रमा डीएसपीलाई चार्ज बुझाएर तत्काल त्यसको जानकारी मातहतलाई गराउन उल्लेख छ ।
प्रहरी प्रधान कार्यालयले पुस ४ गते एसपी मल्लसहित २४ एसपीको सरूवा गरेको थियो । चितवनमा एसपी गंगा पन्तको सरूवा भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७