कुलुङ जातिको सँस्कृति बोकेको गीत गाउँदै राजेश र मेलिना राई

काठमाडौं, १७ पुस । चर्चित गायक राजेश पायल राई र गायिका मेलिना राईको स्वरमा किरात राई कुलुङ जातीको संस्कृति र चाडपर्व वर्णन तथा प्रस्तुत गरिएको साकेला गीत सार्वजनिक भएको छ ।
सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकालाई पुख्यौली थलो मान्ने कुलुङ राई जातीको संस्कृति, भेषभुषा, भाषालाई भिडियो मार्फत संग्रहित गरिएको ‘पूर्वमा घाम लाग्यो’ गीतमा गायक/गायिकाद्धयले स्वर दिएका हुन् ।
गीत मार्फत विशेष गरी प्रदेश नं. को सोलुखुम्ब भोजपुर, संखुवासभा लगायतका जिल्ला बसोबास गर्ने कुलुङ जातिको महान चाड चाकचाकुर साकेलाको महत्त्व र गरिमालाई गीतमा समेटिएको छ ।
गीतमा पछिल्लो समयमा कोरियामा रहेर पनि नेपाली मौलिक गीत सङ्गीतमा सङ्गीत भरेका सङ्गीतकार डी आर अटुको सङ्गीत संयोजन र राजु कार्कीको एरेन्ज गीतमा रहेको छ । गीतको भिडियोलाई लिम्दुमी क्रियसनले बजारमा ल्याएको छ ।