दूध सेवनको अवस्था नै बालबालिकामा मोटोपनको कारक : अध्ययन


१७ पुष २०७६, बिहीबार
baby 1

काठमाडौं, १७ पुस । स्वस्थ दूध पिउने बच्चाहरु बोसोयुक्त अर्थात चिल्लो पदार्थ बढी भएको दूध पिउनेहरूको तुलनामा बढी वजन अर्थात मोटोपनको सम्भावना कम हुने एक अध्ययनले देखाएको छ ।

हालै सार्वजनिक गरिएको एक अध्ययनले ‘होल मिल्क’ अर्थात् स्वस्थ दूध पिएका बच्चा कम तौल अर्थात मोटोपनको सम्भावना कम हुने गरेको पाइएको छ ।

सेन्ट माइकल अस्पताल अफ युनिटी हेल्थ टोरन्टोको नेतृत्वमा भएको एक अध्ययनपछि ‘अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिशन’ मा उक्त अध्ययन प्रतिवेदन प्रकाशित छ ।

चिल्लो पदार्थयुक्त दुध पिउने बच्चाहरुको तुलनामा स्वस्थ दूध पिउने बच्चाहरुमा मोटोपना र बढी तौलको समस्या ४० प्रतिशत कम हुने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अध्ययन प्रतिवेदन सात फरक फरक देशका २८ ओटा अध्ययनको विश्लेषण गरेर तयार पारिएको जनाइएको छ । ती प्रतिवेदनहरुमा गाईको दूध सेवन र बालबालिकाको वजनको बीचमा तुलनात्मक अध्ययन गरिएको थियो ।

ती अध्ययनमा २१ हजार बालबालिकालाई सहभागी गराइएको थियो । ती मध्ये अधिकांश क्यानडा र अमेरिकाका बालबालिका रहेका थिए । अध्ययनको नेतृत्व गरेका डा. जोनाथन मागुइरेले दूध सेवनको अवस्था नै बालबालिकाको बढी तौल हुने की नहुने भन्ने कुराको मुख्य कारक रहेको बताए । रासस–एएनआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७