हेलिकोप्टर दुर्घटनामा ताइवानी सेनापतिसहित आठ जनाको मृत्यु


१७ पुष २०७६, बिहीबार
taiwan

ताइपेइ, १७ पुस । हेलिकोप्टर दुर्घटनामा परी ताइवानका सेनापतिको ज्यान गएको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ ।

प्रधानसेनापति सेन यी मिङसहित १३ जना सवार ब्ल्याक हक हेलिकोप्टरमा समस्या आएपछि बिहीबार उत्तरी ताइवानको पहाडमा आकस्मिक अवतरण गरिएको थियो । दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।

उनी उत्तरपूर्वी क्षेत्रमा रहेका सैनिकहरूलाई भेट्न जाँदै थिए । यसअघि रक्षा मन्त्रालयलाई उधृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उनी बेपत्ता भएको जनाएका थिए । एजेनसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७