राष्ट्रियसभामा कालापानी सीमा अतिक्रमणबारे संकल्प प्रस्ताव दर्ता


१७ पुष २०७६, बिहीबार
samsad1

काठमाडौं, १७ पुस । प्रतिनिधिसभाको आज (बिहीबार) को वैठकमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी सांसद खिमलाल भट्टराईको प्रस्तावक र कांग्रेस सांसद सरिता प्रसाइ समर्कक रहँदै कालापानी सीमा अतिक्रमणबारे संकल्प प्रस्ताव दर्ता गरिएको छ ।

‘नेपालको सुदूर पश्चिम प्रदेश अन्तर्गत दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रको सीमा विवादसम्बन्धी विषयमा माननीय खिमलाल भट्टराई प्रस्तावक र माननीय सरिता प्रसाई समर्थक रहेको राष्टिय संकल्प प्रस्ताव दर्ता भएको जानकारी गराउँछु,’ राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको बिहीबारको बैठकमा जानकारी गराएका छन् ।

‘आजको संकल्प प्रस्ताव यसलाई हामीले राष्ट्रिय एकताका साथ निकास दिने हिसाबले अघि बढौं,’ भट्टराईले सो प्रस्ताव सभामा प्रस्तुत गर्दै भने । त्यस लगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रसाईंले त्यसको समर्थन गर्दै धारणा राखेकी थिइन् । ‘यो राष्ट्रिय मुद्दा भएकोले यसमा सबै एकजुट हुनुपर्ने हुँदा हामीले यसलाई संयुक्तरुपमा प्रस्तुत गरेका हौं,’ उनले भनिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७