कर्णाली नदीमा जीप खस्यो, चार जनाको मृत्यु


१७ पुष २०७६, बिहीबार
jeep flowed

बाजुरा, १७ पुस । कर्णाली नदीमा जीप खस्दा चार जनाको ज्यान गएको छ । बाजुराको हिमाली गाउँपालिका भएको जीप दुर्घटनामा चार जनाको ज्यान गएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

से १ ज १०६४ नम्बरको जीप बिहीबार कर्णाली नदीमा खसेको हो । प्रहरीका अनुसार जीप धुलाचोरबाट कोल्टी जाने क्रममा दुर्घटनामा परेको हो ।

दुर्घटनामा चार जना घाइते र एक जना बेपत्ता छन् । मृतकमध्ये चालक रमेश शाहीको मात्र सनाखत भएको प्रहरीले जनाएको छ । घटनाबारे थप जानकारी लिने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७