पार्टी एक हुन्छ, कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्दिनँः प्रचण्ड


१९ पुष २०७४, बुधबार
Puspa Kamal Dhal parchanda

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्ने सोच नराखेको प्रस्ट पारेका छन्। पार्टी कार्यालय पेरिसडाँडामा पार्टी निकट जनवर्गीय संगठनले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले त्यस्तो बताएका हुन्।

Puspa Kamal Dhal parchanda

‘मैले त्यस्तो सोचेको छैन, मैले गठबन्धनभन्दा बाहिर गएर प्रधानमन्त्री बन्ने सोचेको छैन,’ उनले भने, ‘पार्टी एकताको संकल्प गरेर निर्वाचनमा गयौँ, जनताको अनुमोदन त्यसैको निम्ति भएकाले मैले अहिले गठबन्धनभन्दा बाहिर जाने सोचेको छैन।’

उनले पार्टी एकताको विषयलाई औपचारिक रुप दिन मात्र बाँकी रहेको पनि दाबी गरे। ‘पार्टी संयोजन समितिमा दुईजना नेता रहने भनिएको छ तर दुई नेताको भूमिका कार्यकारी हुनुपर्छ भन्नेमा कुनै विवाद छैन, त्यही विषयलाई औपचारिक रुप दिनमात्र बाँकी छ।’

अध्यक्ष प्रचण्डले निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएर नयाँ सरकार निर्माणको प्रक्रिया सुरु नगरेकामा असन्तुष्टि पनि व्यक्त गरे।

‘परिणाम सार्वजनिक भइसकेको अवस्थामा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएर सरकार निर्माणको सहज मार्ग प्रशस्त गर्दा उचित हुन्थ्यो,’ उनले भने। रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७