इरानमा ५.८ म्याग्नीच्युडको भूकम्प


१७ पुष २०७६, बिहीबार
earthquake 0pu0boTIlz

काठमाडौं, १७ पुस । इरानमा बिहीबार बिहानै ५.८ म्याग्नीच्युडको भूकम्प गएको छ । देशको उत्तर पूर्वी क्षेत्रमा पर्ने खोरासन राजाभी प्रान्तमा भूकम्प गएको अधिकारीहरुले जनाएका छन् ।

इरानी भूगर्भ विभागका अधिकारीहरुले दिएको जानकारीअनुसार साङगान सहरमा केन्द्र विन्दु भएर भूकम्प आएको हो । भूकम्पका कारण मानवीय सपत्ति क्षतिको कुनै विवरण अहिलेसम्म प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् । रासस–सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७