चार इजिप्सियन नागरिकलाई देश निकाला गर्ने सरकारको निर्णय

काठमाडौं, १७ पुस । सरकारले चार इजिप्सियन नागरिकलाई देश निकाला गर्ने निर्णय गरेको छ ।
गैरकानुनी रूपमा लामो समयदेखि नेपालमा बसोबास गर्दै आएका चार इजिप्सियन नागरिकको भिसा दस्तुर तथा बिलम्ब शुल्क चार हजार ६४० अमेरिकी डलर र जरिवाना दुई लाख समेत मिनाहा गरी उनीहरूलाई नेपालबाट निष्कासन गर्ने निर्णय भएको हो ।
गत पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।