साँस्कृतिक संस्थानको अध्यक्षमा अधिकारी र महाप्रबन्धकमा राई नियुक्त


१७ पुष २०७६, बिहीबार
gokul baskota 1 scaled

काठमाडौं, १७ पुस । सरकारले साँस्कृतिक संस्थानको अध्यक्ष र महाप्रबन्धक नियुक्त गरेको छ ।

गत पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकले संस्थानको अध्यक्षमा तेह्रथुमका प्रेमनाथ अधिकारी र रिक्त महाप्रबन्धक पदमा ताप्लेजुङका अशोककुमार राईलाई नियुक्त गरेको हो ।

सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले उनीहरूलाई चार वर्षका लागि नियुक्त गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७