सशस्त्रको इन्सपेक्टर र असई भर्ना खुल्यो, माघ तीन गतेसम्म दरखास्त दिनुहोस्


१८ पुष २०७६, शुक्रबार

काठमाडौं, १८ पुस । सशस्त्र प्रहरीको इन्पेक्टर र असईका लागि दरखास्त दिने म्याद १५ दिन थप भएको छ। सशस्त्र प्रहरी बल नेपालको भर्ना छनोट शाखाले आज सम्म दरखास्त दिने म्याद राखेको भएपनि अझै १५ दिनका लागि दरखास्त म्याद थपेको हो। अब दरखास्त दिने म्याद माघ तीन गते अन्तिम भएको छ।

गत मंसिर १८ गते सशस्त्रले ५८ जना सशस्त्र प्रहरी निरीक्षक र २ सय २९ जना सहायक निरीक्षक ९असईको माग गरेको थियो। जसमा १ सय २८ खुला, तीन अमर सन्तति, २२ महिला, ३५ आदिवासी, १६ दलित र पाँच पिछडिएको क्षेत्रका असई मागेको थियो। त्यस्तै इन्सपेक्टरमा ३१ खुला, १ अमर सन्तति, ५ महिला, ९ आदिवासी, ७ मधेशी, ४ दलित र १ पिछडिएको क्षेत्रबाट माग गरेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७