सांसद अभिषेकप्रताप साहलाई पक्राउ गर्न पुर्जी जारी


१८ पुष २०७६, शुक्रबार

कपिलवस्तु, १८ पुस । कपिलवस्तु –३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप साहलाई पक्राउ पक्राउ गर्न पुर्जी जारी भएको छ । उनीविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएको हो ।

सांसदले राप्रपाका केन्द्रीय सदस्य तथा कलाकार श्यामकुमार मिश्रको ज्यान मार्ने उद्योग गरेको भन्दै उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । आफूमाथि ज्यान मार्ने प्रयास गरेको भन्दै मिश्रले बिहीबार इलाका प्रहरी कार्यालय कृष्णनगरमा जाहेरी दिए थिए ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी सुनिल मल्लले कपिलवस्तु जिल्ला अदालतले सांसद साहबिरुद्ध ज्यान मार्ने उद्योगका पक्राउ पूर्जी जारी गरेको बताएका छन् ।

उनले सांसद साहलाई पक्राउ गर्नका लागि आवश्यक निकायमा पत्राचारको तयारी भइरहेको जानकारी दिए । सांसद साह भने व्यक्तिगत कामले हाल भारतको लखनउमा रहेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७