नारायणकाजी र बेदुराम राष्ट्रिय सभामा उम्मेद्वार

काठमाडौं, १८ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभामा निर्वाचनका उम्मेद्वार बनेका छन्। श्रेष्ठ गण्डकी प्रदेशका तर्फबाट उम्मेद्वार बनेका हुन्।
नेकपाको सचिवालय बैठकले श्रेष्ठलाई राष्ट्रिय सभामा ल्याउने निर्णय गरेको हो। श्रेष्ठ यसअघि प्रतिनिधि सभा निर्वाचनमा गोरखा २ बाट उम्मेद्वार बनेपनि बाबुराम भट्टराईसँग पराजित भएका थिए।
त्यस्तै नेकपाका स्थायी समिति सदस्य बेदुराम भुषाल पनि राष्ट्रिय सभामा आउने भएका छन्।
राष्ट्रियसभा सदस्यमा नेकपाका उम्मेदवारहरु
प्रदेश नम्बर १
इन्दु गौतम
देवेन्द्र दाहाल
गोपी अछामी
प्रदेश नम्बर २
तुलसा दाहाल
राधेश्याम पासवान
प्रदेश नम्बर ३
गंगा बेलवासे
डा. बेदुराम भुसाल
प्रदेश नं ४
भगवती न्यौपाने
नारायणकाजी श्रेष्ठ
प्रदेश नम्बर ५
विमला घिमिरे
गोपाल भट्टराई
जगप्रसाद शर्मा
प्रदेश नम्बर ६
सुमित्रा बिसी
मायाप्रसाद आचार्य
प्रदेश नम्बर ७
तारामान स्वाँर
शारदा भट्ट