अभिनेता माधव केसी ‘बक्स अफिस अवार्ड’ का लागि चयन


१८ पुष २०७६, शुक्रबार
madhav kc

सुनसरी, १८ पुस । नेपाली चलचित्र जगतमा लामो समयदेखि क्रियाशिल अभिनेता माधव ‘बक्स अफिस म्यूजिक भिडियो अर्वाड’ का लागि छानिएका छन् ।

पोखरामा भएको नोमिनेशन कार्यक्रममा देशभरका कलाकारहरुमध्येबाट अभिनेता केसी अवार्डका लागि छानिएका हुन् । केसीसहित अवार्डका लागि देशभरबाट बिभिन्न गीतको म्यूजिक भिडियोमा अभिनय गर्ने १० मोडल तथा कलाकार छनौट भएका छन् ।

प्रदेश–१ मा रहेर नेपाली चलचित्र र मोडलिङको क्षेत्रमा जमेका अभिनेता केसीले प्रविणकुमार कार्कीको शब्द,  कुन्दन राईकाे संगीत र गणेश रिजालको स्वरमा सजिएको ‘गीत थाहा छैन जीवनको अर्थ’ मा माझीको भूमिकामा अभिनय गरेका छन् । भिडियाेकाे निर्देशन लाखमान योञ्जनले गरेका हुन् । सोही गीतमा गरेको जीवन्त अभिनयबाट केसी बक्स अफिस म्यूजिक अर्वाडका लागि छानिएका हुन् ।

४० भन्दा बढी म्यूजिक भिडियो र झण्डै एक दर्जन चलचित्रमा अभिनय गरिसकेका केसीले मस्कोमा अर्वाडका लागि फाइनल प्रतिष्पर्धा हुने जानकारी दिए । अवार्डका लागि छनौटमा परेपछि एउटा कलाकारका लागि काम गर्ने थलो भन्दा मेहनत महत्वपूर्ण हुँदोरहेछ भन्ने आफूलाई लागिरहेको अभिनेता केसी बताउँछन् ।

madhav

निरन्तर मेहनतका साथ काम गरे कुनै न कुनै दिन कामको मूल्याङ्कन हुने रहेछ भन्ने विश्वास आफूलाई लागेको बताउँदै केसी भन्छन्, ‘अवार्डका लागि आफू छानिएपछि थप जिम्मेवारी बढेको महसुस भइरहेको छ ।’

अभिनेता केसी अभिनयसँगै प्रदेश–१ का युवाहरुलाई स्वरोजगारमूलक तालिम प्रदान गर्दै सामाजिक अभियानमा समेत क्रियाशिल छन् ।

बक्स अफिस इन्टनरनेशल ग्रुप प्रालिको आयोजनामा दोश्रो संस्करणको नेशनल बक्स अफिस म्युजिक भिडियो अवार्ड २०१९ को पोखराको लेकसाईडबाट सांगीतिक प्रभातफेरीसहित हलनचोकको फेवाकिनारस्थित अन्नपूर्ण गार्डेनमा यो अवार्डको उत्कृष्ट १० को मनोनयनलाई सम्मान गरिएको थियो ।

बरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटाको विशेष आतिथ्यतामा भएको सो कार्यक्रममा बाँस्कोटासहित संगीतकारहरु सुरेश अधिकारी, महेश खड्का, बसन्त सापकोटा, चेतन सापकोटा, गायक यम बराललगायतका संगीतकर्मीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७