गंगाराज राईको ‘सपनाको संसार’ सार्वजनिक (भिडियोसहित)


१९ पुष २०७४, बुधबार
gangaraj rai

काठमाडौं : प्रवासमा रहेका गंगाराज राईले अंग्रेजी नयाँ वर्षको अवसर पारेर नयाँ गीत ‘सपनाको संसार’को सार्वजनिक गरेका छन् । युकेमा बस्दै आएका गायक राईले मंगलबार गीतको भिडियो सार्वजनिक गरेको हो । सपनाको संसार बोलको म्युजिक भिडियो भने नेपाल मै तयार पारिएको हो ।gangaraj rai
बेलायत निवासी गीतकार डिल्लीराम राईले रचना गरेको उक्त गीतको संगीत कल्याण सिंहको रहेको छ भने गीतलाई एरेन्ज महाराज थापाले गरेका हुन् ।
चर्चित कार्यक्रम प्रस्तुता एबम मोडल अभिनेता सुरज सिंह ठकुरीको सशक्त अभिनय रहेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् भने भिडियोको सम्पादन निशान घिमिरेले गरेका हुन् । भिडियोलाई चर्चित भिडियो निर्देशक निकेश खड्गाले निर्देशन गरेका हुन् ।

नेपाली सांगीतिक क्षेत्रमा लामो समय देखि प्रवासमा रहेर पनि आफ्ना उत्कृष्ट गीतहरुबाट हजारौ दर्शक र श्रोताहरुको मनमा बसिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७