प्रधानमन्त्री बन्न नपाउने भएपछि बामदेवद्वारा राष्ट्रियसभा उम्मेद्वार अस्वीकार


१८ पुष २०७६, शुक्रबार
721 Shares
bamdev gautaam

काठमाडौं, १८ पुस । प्रधानमन्त्री बन्नका लागि मार्ग प्रशस्त गर्ने गरी संविधान संशोधन गर्न प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार नदेखिपछि नेकपा सचिवालय सदस्य बामदेव गौतमले राष्ट्रियसभा उम्मेद्वारको प्रस्ताव अस्वीकार गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभाको निर्वाचनमा गौतमलाई उम्मेदवार बन्न प्रस्ताव गर्दा उनले अस्वीकार गरेको नेकपा स्रोतले जानकारी दिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘अध्यक्षद्वयले वामदेव कमरेडलाई उम्मेदवार बन्नुस् भनेर प्रस्ताव गर्नुभयो । तर उहाँले शर्त राख्नुभयो– संविधान संशोधन गरेर प्रधानमन्त्री बनाउने भए मात्रै जान्छु, नत्र जाँदिन,’ सचिवालयका ती नेताले भने, ‘त्यसपछि अध्यक्ष ओलीले यो सम्भव छैन भन्ने जवाफ दिनुभयो ।’

नेता गौतमको प्रस्तावमा अध्यक्ष दाहालले पनि पहिला नै शर्त राखेर जानु उपयुक्त नहुने जवाफ दिएको नेकपाका एक नेता बताउँछन् । ‘पहिला नै यसरी शर्त राखेर जानु ठिक हैन। त्यहाँ गएर सल्लाह गरौंला, प्रयत्न गरौंला । अहिले नै किन शर्त राख्नु हुन्छ?’ दाहालले गौतमलाई भनेका थिए ।

jagdamba.cement
rbbbb

प्रचण्ड बोलेपछि गौतमले अर्को शर्त राखेको स्रोतले बताएको छ । ‘राष्ट्रियसभामा जान्न । बरु प्रधानमन्त्री बनाउने ग्यारेन्टी नगरेर पनि जाने भए प्रतिनिधिसभामा लैजानुस्, चुनाव लडाएर,’ नेता गौतमको भनाई उद्धृत गर्दै ती नेताले भने । तर, गौतमको त्यो शर्तमा अध्यक्षद्वयले कुनै प्रतिक्रिया नजनाएको स्रोतले जानकारी दिएको छ ।

नेता गौतमलाई राष्ट्रियसभामा लैजान अध्यक्षद्वय ओली र प्रचण्डले पहिला पनि प्रयत्न गरेका थिए । त्यतिबेला पनि गौतमले यहि शर्त राखेका थिए । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले गौतमलाई यसअघि कास्की–२ को उपनिर्वाचनमा चुनाव लड्न प्रस्ताव गरेका थिए । तर, त्यहाँबाट पनि अन्तरघातको खतरा छ भन्दै गौतमले चुनाव नलड्ने निर्णय गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७