एसपी मल्लले बल्ल बुझे रमानापत्र, भने, ‘सरुवालाई अनावश्यक विवादको विषय बनाइयो’


१८ पुष २०७६, शुक्रबार
dan malla

चितवन, १८ पुस । प्रदेश प्रहरी कार्यालयको १२ घण्टे अल्टिमेटमसहितको निर्देशनपछि चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले बल्ल रमानापत्र बुझेका छन् ।

एसपी मल्लले चार्ज बुझाएर सरुवा भएको दरबन्दीका लागि रमाना लिएका हुन् । आज (शुक्रबार) एसपी मल्लले जिल्लाका डिएसपी एकनारायणा कोइरालालाई चार्ज बुझाएका हुन् । मल्लको स्थानमा प्रहरी प्रधान कार्यालयले एसपी गंगा पन्तलाई सरूवा गरेको थियो ।

रमाना बुझेपछि एसपी मल्लले आफू सँधै संगठनको नियम कानून अनुसार नै चलेको तर, सरुवालाई अनावश्यक रुपमा विवादको विषय बनाएको गुनासो गरे । एसपी मल्लको पुस ४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएका थियो । बुधबार ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले मल्ललाई सरुवा भएको ठाउँमा जान १२ घण्टे अल्टिमेटम दिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७