सभापति देउवाकै कारण कांग्रेस समाप्त हुँदैछ : सुजाता कोइराला


१८ पुष २०७६, शुक्रबार
sujata koirala

रूपन्देही, १८ पुस । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले आन्तरिक कलह समाप्त नभए पार्टी हराएर जाने बताएकी छन् ।

प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी बलियो बनाउने गरी भूमिका निर्वाह गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरिन् ।

केन्द्रीय सदस्य कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा पुनः सभापति बन्नकै लागि पार्टी समाप्त पार्न लागेको आरोप समेत लगाइन् । ‘पार्टी सबैभन्दा प्रमुख विषय हो, व्यक्ति ठूलो होइन, पार्टीको विवाद नमिले आउने चुनावमा कांग्रेस शून्यमा झर्छ’, उनले भनिन्, ‘पार्टीभित्र यस्तै किचलो रहिरहे आफू यो पार्टीमा भोट हाल्नलाई हात काँप्ने छ ।’

कांग्रेस महाधिवेशनमा सबैको साझा उम्मेदबार बन्नुपर्ने र पार्टीलाई बलियो बनाउनेलाई जिताउनु पर्ने उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७