नयाँ बर्ष २०२० को अवसरमा ॐ अस्पतालले ल्यायो ‘सर्जरी विशेष’ प्याकेज


१८ पुष २०७६, शुक्रबार
154 Shares
11438171012.

काठमाडौं, पुस १८ । काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले अंग्रेजी नयाँ बर्ष २०२० को अवसर पारेर आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहुलियत अफर सहितका सर्जरी प्याकेज अघि सारेको छ।

प्याकेज अन्तर्गत अस्पतालले दुई किसिमका सर्जरी सेवा अगाडि सारेको छ। पहिलो किसिमको प्याकेजलाई इन्टरमिडिएट सर्जरी भनिएको छ जस अन्तर्गत ३२ हजार रुपैयाँमा शल्यक्रिया गर्न सकिने अस्पतालले जनाएको छ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

दोस्रो किसिमको प्याकेज अन्तर्गत भने मेजर अप्रेशन समावेश गरिएको छ। यस प्याकेज अन्तर्गत ३६ हजार रुपैयाँमा अप्रेशन गराउन सकिने बताइएको छ ।

प्याकेजमा ल्यापरोस्कोपिक बिधिबाट (दुरबिनको प्रयोगबाट) पित्त थैलीको पथ्थरी, एपेन्डिक्स लगायतका सर्जरीहरुका अलावा स्त्रीरोग सम्बन्धि पाठेघरको अप्रेशन समेत समावेश गरिएको छ। यसको साथमा ओपन अथवा चिरेर गर्नुपर्ने हर्निया, हाइड्रोसिल,फिस्टुला आदि सर्जरीहरु समेत समावेश रहेका छन्।

jagdamba.cement
rbbbb

यस प्याकेज अन्तर्गत सर्जरी चार्ज, बेड चार्ज, ल्याब परिक्षण र डाक्टरको कन्सल्टेशन चार्ज समेत समेटिएको बताइएको छ। शल्यक्रिया गराउने बिरामीहरुलाई प्राथमिकताका आधारमा क्याबिन बेड उपलब्ध गराइने अस्पतालका प्रबन्ध संचालक बाबुकाजी कार्कीले बताए। क्याबिन खाली नरहेको अवस्थामा भने बिरामीले जनरल बेडमा बस्नु पर्ने उनको भनाइ छ।

प्याकेज अफर पुस १९ देखि २९ गतेसम्म मात्र लागू हुने जनाइएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७