थाइराइड के हो ? ध्वनिबाट यसरी गर्नुहोस् थाइराइड हर्मोनको उपचार


१८ पुष २०७६, शुक्रबार
thairait

काठमाडौं, १८ पुस । पछिल्लो समय थाइराइड रोगका बिरामी संसारभरि नै बढिरहेका छन् । खासमा थाइराइड हर्मोन शरीरलाई एकदम आवश्यक पर्छ । टाउकोदेखि खुट्टासम्म शरीरका हरेक अंगलाई यो हर्मोन चाहिन्छ । यसले शरीरको मेटाबोलिज्म (खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया) लाई नियन्त्रण गर्छ ।

थाइराइड ग्रन्थि हाम्रो घाँटीको तलपट्टि हुन्छ, जसले हर्मोन उत्पादन गर्छ । थाइराइड रोग लाग्यो भने हर्मोन बढी वा कम उत्पादन हुने समस्या हुन्छ । हर्मोन बढी हुनुलाई हाइपर थाइराइडिज्म र कम हुनुलाई हाइपो थाइराइडिज्म भनिन्छ ।

थाइराइड रोग चार किसिमका हुन्छन्, थाइराइड ग्रन्थिमै मासु वा डल्लो पलाउने, थाइराइड नोडुल वा क्यान्सर, हाइपर थाइराडिज्म र हाइपो थाइराडिज्म ।

थाइराइड के हो ?

शरीरको मेटाबोलिजम अर्थात् खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया नियन्त्रण गर्न थाइराइड हर्मोन आवश्यक पर्छ। थाइराइड रोग होइन। यो हाम्रो घाँटीमा हुने ग्रन्थी हो। यसले टी ३ र टी ४ नामक हर्मोन बनाउँछ। यो हर्मोनले शरीरलाई चाहिने तत्व विभिन्न अंग, कोशिकामा पु¥याउन सहयोग गर्छ र शरीरले तागत प्राप्त गर्छ। मेटाबोलिजम फोक्सो, हड्डी, छाला, मुटुलगायत शरीरका सबै अंगलाई चाहिने कुरा हो।

थाइराइड ग्रन्थीमा समस्या भयो भने थाइराइडको समस्या भएको मानिन्छ। हर्मोन बढी हुनुलाई हाइपर थाइराइडिज्म र हर्मोन कम हुनुलाई हाइपो थाइराडिज्म भनिन्छ।

थाइराइड ग्रन्थीले राम्रोसँग काम गरेको छ कि छैन भनेर थाहा पाउन थाइराइड फङसन टेस्ट गर्नुपर्छ। त्यसमा थाइराइड स्टीमुलेटिङ हर्मोन ९टीएसएच० जाँच हुन्छ। यसैबाट हर्मोन कम छ कि बढी छ भन्ने थाहा हुन्छ। टीएसएच एकदमै घट्न थाल्यो भने हर्मोन बढी छ भन्ने बुझिन्छ।

टीएसएचले थाइराइड हर्मोन र थाइराइड ग्रन्थीलाई नियन्त्रण गर्ने काम गर्छ। यो टेस्ट गरेपछि शरीरमा थाइराइडले राम्रोसँग काम गरेको छ कि छैन भन्ने थाहा हुन्छ।

के कारणले हुन्छ थाइराइड ?
हर्मोनको कमीले गर्दा हाइपोथाइरिटिजम देखिने समस्या बढी हुन्छ। ३०–४० वर्षअगाडि आइडिनको कमीले गर्दा हर्मोन कमी हुन्थ्यो। तर अहिले थाइराइड अटो इम्युनको कारणले गर्दा हुन्छ।
प्रतिरोधी प्रणाली (इम्युन सिस्टम) ले भित्रबाट थाइराइड ग्रन्थी भत्काउछ। लिथियम नामक औषधिले हर्मोन कम हुनसक्छ। हर्मोन बढीको समस्यामा झोल आयोडिन दिइन्छ।
थाइराइड हर्मोनको उपचार ध्वनिबाट
थाइराइड हर्मोनका कारण धेरै मानिस पीडित छन् । एकातिर पानी मात्र खाँदा पनि मोटाउने जटिल समस्या छ भने अर्कोतिर जति खाए पनि मोटाउन नसक्ने समस्या छ । पुड्को, दुब्लो, अग्लो साथै मानसिक समस्या या नकारात्मक समस्याले हर्मोन्सको मात्र होइन शरीरका सबैजसो प्रणालीलाई कमजोर बनाइदिन्छ।

योगमा हर्मोन्सको उत्पादन, सञ्चालक तथा व्यवस्थापकका रुपमा ‘विशुद्ध चक्र’लाई मानिन्छ । थाइराइड, पाराथाइराइड ग्रन्थी, कण्ठ यही चक्रअन्तर्गत पर्छ । यो चक्रलाई आकाश तत्व भनिन्छ, जो सर्वव्यापक हुन्छ । यो ग्रन्थीलाई नलीविहीन ग्रन्थी भनिन्छ । कण्ठमा उत्पादित हर्मोन्स बिनानली समग्र शरीरमा व्याप्त भई फैलिएको हुन्छ, आकाश जस्तै।

धेरै कारणले यो चक्र तथा हर्मोन्स कमजोर तथा रुग्ण हुन्छन् । विषाक्त खानपान, जंकफुड र श्रमरहित या व्यायामको अभाव, मानसिक तनाव, अति चञ्चलता, काम, क्रोध, लोभ, मोह, मद, अंहकारजस्ता नकारात्मक मानसिक विकृतिलाई प्रमुख कारण मानिन्छ ।
यसको समाधान योग विधिमा प्राणायाम, आसन, ध्यान, मन्त्र अर्थात् चक्रको ध्वनि ९नाद० तथा रङको ध्यानजस्ता धेरै प्रक्रियाबाट गरिन्छ । त्यसमध्ये चक्रको सरल प्रक्रिया मन्त्र ध्वनिद्वारा समस्या समाधान गर्ने उपाय यहाँ दिइएको छ।

विधि
विशुद्घ चक्र अर्थात् आकाश तŒवमा सोह्र दल कमलका प्रत्येक पातमा मात्रिका अक्षर अं, आं, इं, ईं, उं, ऊं, ऋं, ऋृं, लृं, लृं, ऐं,एैं, ओं, औं, अं, अः हुन्छ । यसको मध्यमा बीज मन्त्र हुन्छ । यही बीज मन्त्र ‘हं’लाई लामो नादयुक्त ध्वनि बनाउने र मनमनैले मात्रिका अक्षर ‘अं’ देखि ‘अः’ सम्म जपिरहने । यो आकाश तŒव भएको हुनाले शून्यको ध्यान गर्ने । साथै, यसका सबै मन्त्रलाई प्रस्ट र शुद्घ उच्चारण मात्रै पनि गर्न सकिन्छ । प्रत्येक मन्त्रको छुट्टै आकार, आकृति, फरक ध्वनि अनि दबाब र प्रभाव तथा कम्पन हुन्छ । विशेष परिस्थितिमा कम्तिमा पा“च मिनेट यसको अभ्यास गर्दा उत्तम हुन्छ।

लाभ
यो मन्त्रको अभ्यासले भोकलकर्ड, टन्सिल, थाइराइड, पाराथाइराइड, स्वरनली, अन्ननली, रक्तनली, श्वासनलीलाई सक्रिय बनाइदिन्छ । साथै, मस्तिष्क र शरीरलाई जोड्ने ‘नभ्र्स सिस्टम’को नाडी तथा नसालाई मन्त्रको ध्वनिले राम्रोस“ग कम्पन गराई विभिन्न कारणले निस्क्रिय भएका नाडी नसालाई सक्रिय गराइदिन्छ । फलस्वरुप हर्मोन्सको सन्तुलन, व्यवस्थापन, उत्पादन तथा विकास भई क्रियाशील हुन्छ।

हर्मोन्सले विवेकपूर्वक सारा प्रणालीलाई सञ्चालन गरिरहेको हुन्छ । यसको गडबडीले छाती ठूलो हुनुपर्नेमा सानो हुने, पेट सानो हुनुपर्नेमा ठुलो हुनेजस्ता समस्या आउन सक्छ । त्यस्तै, सबै प्रकारका रस रसायन धातुहरु अर्थात् भिटामिन, प्रोटिन, क्षारहरु कुन अंगलाई के चाहिन्छ, हर्मोन्सले नै व्यवस्थापन गर्छ । रगतलाई आइरन, हड्डीलाई क्याल्सियम तŒवहरुको सम्पूर्ण व्यवस्थापन यही हर्मोन्सले गरेको हुन्छ । त्यसैले हर्मोन्सलाई राम्रोस“ग निर्माण र विकास गर्न सक्यौं भने यसबाट धेरै लाभ पाइन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७