पथरीमा मान्टेश्वरी शिक्षा सम्बन्धि निशुल्क तालिम


१८ पुष २०७६, शुक्रबार
nita kulung rai

मोरङ , १८ पुस । मोरङको पथरीशनिश्चरे नगरमा १५ दिने मन्टेश्वरी शिक्षा सम्बन्धि निशुल्क तालिम शुक्रबारबाट सुरु भएको छ । पथरीशनिश्चरे नगरको सहयोगमा नेपाल आदिवासी जनजाती विध्यार्थी महासंघको आयोजनामा तालिम सुरु भएको हो ।

उद्घाटन कार्यक्रमको प्रमुख अतिथी संविधान सभा सदस्य लालबहादुर मगरले सिकाइको साथै उत्पीडित समुदाय राज्यको निर्णायक तहमा पुग्ने प्रयात्न गर्नुपर्ने बताए । मगरले आफू विध्यार्थी कालदेखिनै गरिवहरुको हकहित र सेवा गर्छ भनेपछी पार्टी राजनीतिमा लागेको बताए ।

कार्यक्रममा पथरीशनिश्चरे नगरपालिका १ नम्बर वडा अध्यक्ष बाबुराम लिम्बूले स्थानीय सरकारले गरेको काम बारे नबुझी नकारात्मक टिका टिप्पणी भइरहेको बातए । आम समुदायले स्थानीय सरकारको कार्यक्रममा नबुझी सामाजिक सन्जालमा लेख्नु भन्दा त्यहा सहभागी भएर सहयोग गरेमात्र नेपाल संमृद्द हुने बताए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) १ नम्बर प्रदेश अध्यक्ष अर्जुन जम्नेली राईले लोकतान्त्रिक गणतन्त्र स्थापनापछी जनजातिको अधिकार कटौतीहुँदै गएको भन्दै त्यसप्रति तीनै तहको सरकार गम्भीर हुनुपर्ने बताए । राईले १ नम्बर प्रदेशको नाम पहिचानमा आधारित किरात, लिम्बुवान नछुटाउन प्रदेश सांसदहरु, सरकार र सभामुखलाई ध्यानाकर्षण गराएका थिए ।

नेपाल आदिवासी जनजाती विध्यार्थी महासंघ पथरीशनिश्चरे नगर समिति अध्यक्ष निता कुलुङ राईको सभापतित्वामा भएको थियो । उड्घाटन कार्यक्रममा एभरेस्ट आवासीय बोर्डिङ स्कुलको निर्देशक शिक्षाविद रबिन कन्द्ङ्वाले यो तालिम लिएपछि शिक्षा पेसा नलिएपनी आफ्नो सन्तानलाई गाइड गर्न सहज हुने बताए । आदिवासी जनजाति महासंघ नगर सचिव देवेन्द्र वनेम, प्रशिक्षक राजेश खत्री लगायतको शुभकामना मन्तव्य दिएका थिए ।

फोजिन मोरङ जिल्ला अध्यक्ष दिनेश सुब्बा, नगर ३ नम्बार वडा अध्यक्ष डम्बर चेम्जोङ, नेपाल आदिवासी जनजाति युवा महासंघ नगर अध्यक्ष सुमन वनेम, किरात याक्थुङ चुम्लुङ नगर सचिव बिक्रम लिम्बू उद्घाटन कार्यक्रममा सहभागी उपस्थित रहेका थिए ।

मन्टेश्वरी शिक्षा सम्बन्धि १५ दिनसम्म चल्ने तालिममा नगरको ३० जना सहभागी रहेको अध्यक्ष निता राईले बताए । तालिममा सपना खाफ्ले, रमेश घिमिरे, जनकराज पराजुलीले सहजीकरण गर्नेछ । मन्टेश्वरी शिक्षा प्रणाली वालवालिकाको मनोविज्ञान बुझेर, अभ्यासमा आधारित शिक्षा प्रणाली हो । इटालीमा जन्मिएका मारिया मन्टेस्वरीले रोम लगायतको युरोपेली देशमा यो शिक्षा प्रणालीको विकासको साथै प्रयोग गरेका थिए । नेपालमा हाल पूर्व प्राथमिक कक्षाहरुमा यो विधि अपनाउने चलन बढ्डै गएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७