अब विश्वभरबाट नेपाली संचार माध्यममा प्रत्यक्ष विज्ञापन गर्न पाईने


१८ पुष २०७६, शुक्रबार
image 1

काठमाडौं,१८ पुस । वेलकम एडभर्टाईजिङ् र एडस्टार्टरले हालसालै रणनीतिक साझेदारी कायम गर्ने उद्देश्य सहित एक सम्झौंता पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाली संचारमाध्यमहरुमा विज्ञापन बुकिङरसंकलक र प्रसारणरप्रकाशन गर्ने विषय सम्बन्धि उक्त सम्झौंता पत्रमा वेलकम एडभर्टाईजिङ्का अध्यक्ष निर्मलराज पौडेल र एडस्टार्टरका नेपालस्थित कार्यालय प्रबन्ध निर्देशक निरन्जन खनालले हस्ताक्षर गरे ।


यस सम्झौताअनुसार एडस्टार्टरले आफ्नो वेबसाईटमार्फत नेपाल र विदेशमा बस्ने दुबै किसिमका विज्ञापन दाताबाट दिइएको विज्ञापन बुकिङरसंकलन गर्नेछ यसैगरि वेलकमले यस्ता संकलित विज्ञापनहरुलाई नेपालको छापा, टेलिभिजन र रेडियोरएफ।एमहरुमा प्रकाशनरप्रसारण गर्नेछ ।


वेलकमका अध्यक्ष पौडेलले नेपाली बजारमा आफ्नो विज्ञापन गर्न चाहने ब्यक्ति, कम्पनी र विज्ञापन एजेन्सीहरुले लामो समयदेखि बिभिन्न भौगोलिक, ऐतिहासिक र अन्य कठिनाईहरु सामना गर्नुपरेको बताए । उनले यस्ता समस्याहरुलाई निराकरण गरी विज्ञापनदातालाई आफ्नो विज्ञापन लगानीको उत्कृष्ट प्रतिफल दिलाउने हेतुले हामीले एडस्टार्टरसँग रणनीतिक साझेदारी गरेको बताएका छन् ।


यसैगरी एडस्टार्टरका खनाल हालै गरिएको सम्झौताले नेपाल र विदेशमा बस्ने विज्ञापनदाता र नेपाली संचार माध्यमबिच प्रत्यक्ष अन्तरकृया गराई दुबै पक्षलाई ब्यवसायिक लाभ प्राप्त गर्न सहयोग पुग्ने बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७