राष्ट्रिय वाणिज्य बैंकले कर्णालीमा सुरु गर्यो प्रादेशिक कार्यालय

काठमाडौं, १८ पुस । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको कर्णाली प्रादेशिक कार्यालय, सुर्खेत, बिरेन्द्रनगरकोे उद्घाटन भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ताम्रपत्र अनावरण गर्दै एक समारोहका वीच शुक्रबार उद्घाटन गरे ।
उक्त अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले ‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको’ प्रदेश सरकारको कार्यक्रम रा।वा।बैंकको शाखा कार्यालय मान्माबाट केही दिन अगाडि सुरु गरिएको र यो कार्यक्रम कर्णाली प्रदेश भरिका बैंकका सबै शाखा बाट सुरु गरिने बताए ।
कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले बैंकहरुले सरकारी नीति नियमलाई प्राथमिकताका साथ लागु गर्नुपर्ने बताए । कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले तीनै तहका सरकारलाई बैकले प्राथमिकताका साथ वित्तीय सेवा दिईरहेको बताए ।