सिटिजन्स बैंकको एटीएममा मास्टरकार्ड सेवा


०२:५६ बजे

काठमाडौं,१८ पुस । सिटिजन्स बैक इन्टरनेशनल लिमिटेडले आफ्नो बैंकको एटीएममा मास्टरकार्ड सेवा सुरुवात गरेको छ । यो सेवाको सुरुवातसँगै मास्टरकार्ड, मास्ट्रो तथा साइरस ब्राण्डका कुनै पनि कार्ड यस बैंकको एटीएममा चल्ने छन् ।


नेपाल भ्रमण बर्ष २०२० को सुरुवात सगै प्रारम्भ गरिएको यस सेवाबाट विशेष गरी नेपाल भ्रमण मा आउने विदेशी पर्यटक र नेपालमा मास्टरकार्ड ब्राण्डका कार्ड वाहक ग्राहकहरु लाभान्वित हुने विश्वास बंैकले लिएको छ ।


बैंकले यस अघि नै भिसा तथा तथा यूनियन पेसँग सहकार्य गरी ती ब्राण्डका कार्डमार्फत कारोबार गर्दै आइरहेको छ । सिटिजन्स बैंकको ८५ वटा शाखा, ८५ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्गएकाईहरु सेवाहरु प्रदान गर्दै आएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७