नेतृत्वतिर फौजी महिला

काठमाडौं, १९ पुस । नेपाल प्रहरीमा विशिष्ट श्रेणीमा पुग्न महिलालाई ६३ वर्ष लाग्यो । गत वर्ष प्राविधिक सेवा(स्वास्थ्य)बाट डा. दुर्गा थापाले प्रहरीको पहिलो एआईजीको रेकर्ड आफ्नो नाममा लेखाइन । तर, प्रहरीका उच्च पदमा पुग्न वर्षौ कुनुपर्ने अवस्था छैन ।
डा थापाको आवकाश लगतै प्रहरीले दोस्रो महिला एआईजी पाउँदै छ । केही दिनअघि मात्रै डिआईजी डा आशा सिंहलाई एआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ । प्राविधिकमात्र होइन, प्रकाशनतर्फका उच्च पदमा पनि महिलाको संख्या बढीरहेको छ । हाल नेपाल प्रहरीमा चारजना महिला एसएसपी छन् ।
नेपाल प्रहरीमात्र होइन, नेपाली सेना र सशस्त्र प्रहरी बलमा पनि महिलाको सहभागिता उल्लेख्यरुमपा बढ्दै छ । सेनाको इतिहासमै पहिलोपटक गत वर्ष मेजर सुलोचना पौडेलले स्टाफ कलेज उत्तीर्ण गरिन् ।
नेतृत्व तहमा पुग्न सेनाभित्र स्टाफ एन्ड कमान्ड कोर्स अनिवार्य मानिन्छ । सशस्त्र प्रहरीमा पनि सिनियर पदमा महिलाको संख्या बढेको छ । सेनामा ०१६ देखि नै महिला भर्ना लिन थालिएको हो । तर, ०४६ पछि मात्र संख्या बढ्यो । ०६१ भन्दा पहिलो प्राविधिक सेवामात्र महिलालाई लिइन्थ्यो ।
त्यसैगरी नेपाल प्रहरीमा पहिलोपटक महिला भर्ना ००८ देखि सुरु भएको थियो । २०४० मा खुला प्रतिस्पर्धाबाट पहिलोपटक इन्स्पेक्टरमा महिला भर्ना भए । अहिलेकी एसएसपी पूजा सिंह त्यतिबेला भर्ना भएकी एक्ली महिला हुन् । उता २०५८ मा गठन भएको सशसत्र प्रहरीमा सुरुदेखि नै महिला सहभागीता थियो । इन्स्पेक्टरमा भर्ना २०६० देखि थालिएको थियो ।
समाचारका अनुसार हाल नेपाली सेनामा ५ हजार ६२, नेपाल प्रहरीमा ६ हजार ६३४ र सशस्त्रमा २ हजार ९३३ जना महिला गरी १४ हजार ६२९ जना महिला फैजमा सहभागी भएका छन् ।नयाँ पत्रिकाका दैनिकबाट