एमाले शीर्ष नेता लिए, घाइते विद्यार्थीको स्वास्थ्य अवस्थाबारे जानकारी


१९ पुष २०७४, बुधबार

काठमाडौं: नेकपा (एमाले) का शीर्ष नेताहरुले मंगलबार प्रहरीसँगको झडपमा परी घाइते भएका विद्यार्थी नेताको स्वास्थ्य अवस्थाबारे सोमबार जानकारी लिएका छन् ।

एमालेका वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष भीमबहादुर रावल र नेता सुवासचन्द्र नेम्वाङले प्रदर्शनी मार्गस्थित काठमाडौँ मोडेल अस्पतालमा उपचाररत अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौला र महासचिव ऐन महरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको अनेरास्ववियुका सचिव सुदेश पराजुलीले जानकारी दिए ।

प्रतिनिधिसभाको मतपरिमाण सार्वजनिक गर्न र पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै अनेरास्ववियुले गरेको विरोध प्रदर्शनमा झडप हुँदा बर्तौला र महर घाइते भएको थियो ।

उपाध्यक्ष बर्तौलाको टाउको र महरको खुट्टामा चोट लागेको छ । बर्तौलाको टाउकोमा सात टाँका लगाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७