सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा ७ घाइते


१९ पुष २०७६, शनिबार
accdent nh 2

काठमाडौं, १९ पुस । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु जिरी सडक खण्डको ६ किलोमा आज बिहान बलेरो जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

घाइतेमध्ये एक जनाको टाउकोमा गहिरो चोट लागेकाले उपचारको लागि काठमाडौँ लगिएको र अरुको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए ।


काठमाडौँको सितापाइलाबाट दोलखाको कालिञ्चोक मन्दिर जाँदै गरेको बा२च६९६५ नम्बरको जीप सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।


सोही ठाँउमा गएको मङ्सिर २९ गते बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७