सैन्य कमाण्डर मारिएपछि इरानमा राष्ट्रिय शोककाे घोषणा, अमेरिकासँग बदला लिने दिए चेतावनी


१९ पुष २०७६, शनिबार
iran solimani

काठमाडौं, १९ पुस । अमेरिकी आक्रमणमा आफ्नो सेनाको जनरल मारिएपछि इरानले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ । आफनो उच्च सैन्य कमाण्डर अमेरिकाद्धारा मारिएपछि इरानका सर्वोच्च धार्मिक नेता अयातुल्ला अली खमानीले तीन राष्ट्रिय शोकको घोषणा गरेका हुन् । 

इरानका रक्षामन्त्री जावेद जारिफले सो घटनालाई अन्तर्राष्ट्रिय आतङ्कवाद भनेका छन् । अमेरिकी रक्षा मन्त्रालयले सुलेमानीलाई ‘राष्ट्रपतिको आदेशमा’ मारिएको बताएको छ ।

इरानको रिभोलुशनरी गाड्र्सले शुक्रवार सुलेमानीको मृत्यु भएको पुष्टि गरेको त्यहाँको राज्यनियन्त्रित टीभीले बताएको छ । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार सुलेमानी र इरानसमर्थित विद्रोही नेताहरू दुईवटा कारमा विमानस्थलबाट निस्कदै गर्दा आक्रमणमा परेको बताएका थिए ।

सुलेमानी सिरिया वा लेबननबाट इराक आएको बताइएको छ । कार्गो क्षेत्रमा अमेरिकी ड्रोनले केही क्षेप्यास्त्र प्रहार गरी मारेका थिए ।

अमेरिकासँग बदला लिने दिए चेतावनी

यस्तै अमेरिकाले गरेको हवाई आक्रमणमा आफ्ना उच्च सैन्य कमाण्डरको ज्यान गएपछि इरानले त्यसको कठोर बदला लिने बताएको छ ।

इरानका सर्वोच्च नेता आयातुल्लाह अलि खामेनीले अमेरिकाले कठोर बदलाको सामना गर्नु पर्ने बताएको हो । इरानका विदेशमन्त्री जावेद जारिफले सो आक्रमणलाई ‘धेरै नै खतरनाक र मूर्खतापूर्ण’ भनेका छन् ।

इरानको लागि सुलेमानी महत्वपूर्ण व्यक्ति थिए र उनले सिधै सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीको नेतृत्वमा काम गर्थे । जनरल सुलेमानी कारमा रहेको बेला अमेरिकी हवाई आक्रमणमा मारिएका हुन् ।

मेजर जनरल सुलेमानीको मृत्युसँगै इरानसहित मध्य पूर्वमै तनाव उत्पन्न भएको छ । अमेरिका र इरानबीचको सम्बन्धमा थप टकराव ल्याउने र युद्दको अवस्था आउन सक्ने

कासिम सुलेमानी को हुन् ?
सन १९९८ देखि इरानको क्विड नामक विशेष दस्ताको नेतृत्व सुलेमानीको हातमा थियो । सो दस्ताले देश बाहिर गोप्य गतिविधिहरू गर्ने बताइएको छ ।

जनरल सुलेमानीले सिरियामा बसार अल–असदको सत्ता टिकाउन र इराकमा आईएसविरुद्धको सङ्घर्षमा विशेष भूमिका खेलेका थिए । उनले सन १९८० को दशकमा भएको इरान–इराक युद्धमा लडेका थिए ।

६२ वर्षीय सुलेमानी सर्वोच्च नेता आयतोल्लाह खामेनी पछिका दोश्रो शक्तिशाली नेताका रूपमा लिइन्थे। इरानको रिभोलुशनरी गार्ड कर्प्सको उच्चतम एकाइ द क्विड फोर्सले आयोतोल्लाह खामेनीलाई रिपोर्ट गर्थ्यो र सुलेमानीलाई राष्ट्रिय नायकका रूपमा लिइन्थ्यो।

क्विडमा उनको २१ वर्षे नेतृत्वकालमा इरानले हेजबुल्लाहलाई बलियो बनाएको छ र लेबननमा इरानी समर्थक लडाकू समूहलाई विस्तृत बनाएको मानिन्छ।

इराक र सिरियामा उसको सैन्य उपस्थिति बढाएको र सिरियाको लामो गृहयुद्धमा लडाकू समूहविरुद्ध कारबाहीको योजना कार्यान्वयनमा ल्याएको जस पनि दिइन्छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७