प्रचण्डले भने, ‘कांग्रेसले भन्दैमा म प्रधानमन्त्री हुन्न’


१९ पुष २०७४, बुधबार
Prachanda

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाम गठबन्धन बाहिर गएर प्रधानमन्त्री बन्ने सोचमा आफू नरहेको स्पष्ट पारेका छन् ।

काँग्रेसले प्रधानमन्त्री बन्न प्रस्ताव गरिरहेको चर्चा भईरहेका बेला अध्यक्ष दाहालले बाम गठबन्धन बाहिर गएर प्रधानमन्त्री बन्ने कुरा सोच्न पनि नसकिने प्रष्टयाए ।

बुधबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा संचारकर्मीको जिज्ञासामा जवाफ दिँदै उनले जनताले निर्वाचनमार्फत् बाम गठबन्धन नेतृत्वको सरकार बनाउन म्यान्डेट दिएकाले सोही अनुसार सरकार बन्ने बताए । निर्वाचन अघि जनतामाझ गरिएको संकल्प अनुसार पनि बाम गठबन्धन नेतृत्वको सरकार बन्ने स्मरण गरे । वाम गठबन्धन र पार्टी एकता गर्ने संकल्पका साथ चुनावमा गएको र जनताले त्यसलाई अनुमोदन गरेको भन्दै उनले भने, मैले गठबन्धनभन्दा बाहिर गएर प्रधानमन्त्री बन्ने सोचेको छैन ।’
उनले एमाले र माओवादीबीच पार्टी एकतामा कुनै अप्ठ्यारो नभएको पनि बताए । प्राविधिक कारणले मात्र केही दिन यता छलफल रोकिएको भन्दै उनले भरेभोलि नै बैठक बस्ने बताए ।प्रचण्डले पार्टी अध्यक्ष नदिए पार्टी एकता नहुने माओवादी नेताहरुको अभिव्यक्तिको पनि खण्डन गरे । उनल भने, पार्टी एकता संयोजन समितिमा दुई नेता भनिएको छ । र, दुबै नेता कार्यकारी भूमिका हुनुपर्छ भन्ने विवाद छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७