युद्ध सुरु गर्न नभएर युद्ध रोक्न सुलेमानी मारिए : ट्रम्प


१९ पुष २०७६, शनिबार
trump

काठमाडौं १९ पुस (एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनरल कासिम सुलेमानीलाई वर्षौं पहिले मारिनुपर्ने बताएका छन् ।

इराकको बगदादस्थित विमानस्थलमा भएको शुक्रवारको आक्रमण युद्ध टार्नका लागि आक्रमण गरेका बताएका हुन् ।

उनले भनेका छन्,‘सुलेमानी माथिको आक्रमण युद्ध सुरु गर्न नभएर युद्ध रोक्न लागि हो ।’
सुलेमानी मारिए पछि फ्लोरिडामा छुट्टी मनाइरहेका ट्रम्पले अमेरिकी झण्डाको फोटोसहित ट्वीट गरे ।
उनले भने, राष्ट्रपतिले ट्रम्पले भनेका छन, ‘जनरल कासिम सुलेमानीले लामो समयदेखि हजारौं अमेरिकीहरूलाई मारिदिए वा घाइते बनाए । उसले अनगिन्ती अमेरिकनलाई मार्ने योजना बनाइरहेको थियो, तर ऊ आफैं शिकार भयो । ऊ प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाखौंको मृत्युको लागि जिम्मेवार छ ।’


उनले इराकको बगदादस्थित विमानस्थलमा भएको शुक्रवारको आक्रमणपछि भने सुलेमानीको आतङ्क समाप्त भएको बताएको छ ।

उनले भने, ‘सुलेमानीले अमेरिकी कूटनीतिज्ञहरू र सैन्य अधिकारीहरूमाथि तत्काल र क्रूर आक्रमण गर्दै थिए । हामीले उनलाई बीचैमा थाहा पायौँ र सिध्याइदियौँ ।’

ट्रम्पले भनेका छन, ‘इरानमा पनि प्रदर्शनकारी मारिए । इरानले कहिल्यै स्वीकारेन कि सुलेमानी देशभित्र आतंक र घृणाको प्रतीक हो। उनी मारिँदा कोही दुःखी छैन । उनी धेरै वर्ष पहिले समाप्त हुनुपथ्र्यो ।’

यो पनि पढ्नुहोस्
सैन्य कमाण्डर मारिएपछि इरानमा राष्ट्रिय शोककाे घोषणा, अमेरिकासँग बदला लिने दिए चेतावनी
अमेरिकाद्वारा आफ्ना नागरिकलाई तत्काल इराक छाड्न निर्देशन

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७