८ सह-सचिवको सरुवा, को कहाँ  पुगे ?


१९ पुष २०७६, शनिबार
1.2k Shares
ministry samanya prashasan 20181214060930

काठमाडौं, १९ पुस । सरकारले ८ सह-सचिवको सरुवा गरेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसिचव डा. रामप्रसाद घिमिरेलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन तर्फको सहसचिव शिवराम न्यौपानेलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ।

श्रम मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव डा नारायण रेग्मीलाई कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा सरुवा गरिएको छ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवालीलाई काठमाडौं महानगरपालिकामा सरुवा गरिएको छ। अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभागमा रहेकी मनमाया पंगेनीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव रुद्र शर्मा र उद्योग मन्त्रालयका रामचन्द्र ढकाललाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ।

jagdamba.cement
rbbbb

कृषि मन्त्रालयका रघुराम विष्टलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७