इराकमा अमेरिकाको अर्को हवाई आक्रमण, ६ जना मारिए


१९ पुष २०७६, शनिबार
1.2k Shares
siria 1000x750 1

काठमाडौं,१९ पुस । इराकमा इरानका शक्तिशाली कमाण्डर जनरल कासिम सुलेमानीलाई मारेपछि पनि अमेरिकाले आफ्नो अप्रेशनलाई जारी राखेको छ।

सुलेमानी मारेको एक दिनपछि शनिबार अमेरिकाले हवाई हमला गरेको छ। समाचार एजेन्सी एएनआईका अनुसार अमेरिकाले इराकमा आफ्नो दोस्रो हवाई हमलामा फेरि एक कमाण्डरलाई मारेको छ। पछिल्लो अमेरिकी हवाई हमलामा मारिनेमा इरान समर्थक मिलिशिया हशद अल शाबी रहेको बताइएको छ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

इराकी सेनाको स्रोतलाई उदृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाए अनुसार अमेरिकाले यस पटक उत्तरी बगदादमा इराकी मिलिशियालाई निशाना बनाएको हो। सेनाका तीन मध्ये दुईवटा गाडी हवाई हमलामा परेका छन्। छ जनाको ज्यान गएको छ। स्थानीय समय दिउँसो १स्१२ बजे भएको हो।

 समाचार एजेन्सी एएफपीका अनुसार अमेरिकी ड्रोन हमलामा मारिएका सुलेमानी र इराकी अर्धसैनिक बलका उपप्रमुख अबु महदी अल मुहंडिसको शोकयात्रा निकाल्ने तयारी थियो।

jagdamba.cement
rbbbb

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी विशेष सुरक्षा फौज कुद्सका प्रमुख जनरल कासिम सुलेमानीले इराकमा रहेका अमेरिकीहरुलाई मार्ने योजना बनाएको दाबी गरेका थिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७